पाकिस्तानको पञ्जाव प्रान्तको चकवाल शहरमा भएको बस दुर्घटनामा ३० जनाको मृत्यु भएको छ । स्कुलका विद्यार्थी लिएर गइरहेको वस दुर्घटनामा २८ भन्दा बढी घाइते भएका छन् । बस पल्टिएकाले धेरै जनाको च्यापिएर मृत्यु भएको बताइएको छ ।
बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।