अष्ट्रेलियाली महिला सैनिक पुरुष सरह युद्ध मैदानमा जान सक्ने

 अष्ट्रेलियामा महिला सैनिकमाथि लगाइएको सैन्य पेशा सम्बन्धि विभिन्न अवरोध फुकुवा गरिने भएको छ । यो फुकुवासंगै अष्ट्रेलियाली महिला सैनिक पुरुष सरह युद्ध मैदानमा जान सक्ने छन् । यसअघि अष्ट्रेलियामा महिला सेनालाई सैन्य पेशा सम्बन्धि ९३ प्रतिशत काम मात्र गर्ने अनुमति थियो । पछिल्लो निर्णयसंगै अब अष्ट्रेलियाली महिला सेना विशेष सैन्य ईकाइका सदस्य बन्न बाटो खुला भएको छ ।

 

तर यो निर्णय कार्यान्वयन हुन कम्तिमा ५ वर्ष सम्म लाग्न सक्ने बताइएको छ । विश्वमा क्यानडा, न्यूजिल्याण्ड र इजरायलमा मात्रै सेनामा महिला सैनिकलाई पुरुष सरह युद्ध मैदानमा जाने अनुमति छ ।

 

अष्ट्रेलियामा हाल करिब ५९ हजार सेना छन् जसमध्ये १५ सय अफगानिस्तानमा तैनाथ छन् ।