अर्घाखाँचीमा सामुदायिक सेवा केन्द्रलाई थप जनमुखी वनाईने

यूएई डेस्क -सामुदायिक सेवा केन्द्र अर्घाखाँचीले वढिभन्दा वढि जनताको पहुँचसम्म पुग्ने र र्सवसाधारणलाई पर्ने हरेक समस्याको समाधानमा पहलकदमी लिने निर्णय गरेको छ। 



सेवा केन्द्रको असोज १० गते सम्पन्न कार्य समितिको वैठकले प्रहरी कम्पाउन्ड भित्र कार्यालय रहेका कारण र्सवसाधारणलाई सेवा लिन अप्ठ्यारो भएको भन्दै अधिकतम सेवा प्रदान गर्न क्रियाशिल वन्ने निर्ण्र्ाासमेत गरेको छ । जसअनुसार र्सवसाधारणको पहुँचमा ल्याउनका लागि कार्यालय अगाडी बाटोबाट सिंडी निकाल्ने केन्द्रले जानकारी दिएको छ । 



केन्द्रले पछिल्लो समयमा जिल्लामा आत्म हत्याका घटनाहरु वढेको भन्दै यसलाई कम गर्नलाई चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने र जिल्लाबाट भैरहेको चेलीवेटी वेचविखनमा कमी ल्याउन विशेष कार्यक्रम थाल्ने निर्ण्र्ाासमेत गरेको छ ।



वैठकले चेतनामूलक पम्प्लेट तथा जनताले निर्वाह गर्नुपर्ने भूमिकाहरु रहेको पम्प्लेट प्रकाशन गर्ने, विजया दशमीको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर्ने, सरसफाई अभियान सञ्चालन गर्ने, विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, सवारी साधनमा अनियन्त्रित रुपमा हुने यात्रुहरु झुण्डिएर यात्रा गर्न राक्ने काम गर्ने, लागुऔषध दर्ुर्व्यसनी कम गर्ने, सडकमा यत्रतत्र निर्माणका सामग्री राखी  अवरोध पुर्‍याउने प्रवृतीलाई कम गर्ने, चोरी मोटरर्साईकलहरु नियन्त्रण गर्ने लगायतका निर्ण्र्ाारु गरेको वैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रामबहादुर चौहानले वताए ।



उनले सामुदायिक सेवा केन्द्रलाई नेपालकै नमूना केन्द्रको रुपमा विकास गर्ने अभियानका साथ आफुहरुले काम गर्ने जानकारी दिए ।

 

सम्मेलन सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामबहादुर चौहानको सभापतित्व र सचिव हेमन्त वेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो । सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, सचिव प्रेमनारायण आचार्य, पत्रकार वीरेन्द्र के.सी., गणेश खनाल लगायतको उपस्थिती रहेको थियो ।



राजनीतिक भागवन्डा नमिलेपछि एक पटक स्थगित भई पुन भदौै ३१ गते वन्द शत्र गरी सामुदायिक सेवा केन्द्रमा केही राजनीतिक पार्टर्ीीले भागवन्डा गरेका थिए । जिल्लामा पछिल्लो समयमा सहमती र सहकार्यको नाउँमा राजनीतिक भागवन्डा निकै वढेको छ ।

 


 

 




 













 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.