– जगत प्रसाद आचार्य
अधिबक्ता, हाल दुबई
नेपाली कांग्रेसको केन्द्रीय समितीले आफ्ना भ्रातृ संगठनहरु बिघटन गरे लगतै शेर बहादुर देउबा र सुशील कोइराला बीच आन्तरिक विवादको बिजारोपण भएको र भ्रातृ संगठनहरु ९ दिनदेखि अनसन बसको परिस्थिति मुल्यांकन गरि उक्त कलहलाई साम्य पर्न कोइरालाले समाधान समिती गठन गरेर त्यस समितीले आवस्यक बार्ता गरि निजहरुले गरेको समझदारी निर्णयको बेवास्ता गर्दै कोइरालाले एकलौटी हुकुम चलाउन खोजको हुनाले शेर बहादुर देउबाले हिजो नेपाली कांग्रेस केन्द्रीय सदस्यबाट राजिनामा दिई नेपाली कांग्रेसका भ्रातृ संगठनहरुका अनशनकारीको ९ दिन देखिको अनसन अन्त गराउनु लाई नेपाली कांग्रेसका नेताहरु, देश बिदेशमा हुने सम्पूर्ण कार्यकर्ताहरु र आम नेपाली जनताहरुले उच्च मुल्यांकन गर्नुपर्ने हुन्छ /
नेपालको सन्दर्भमा हरेक राजनीतक पार्टी वा निजहरुका भ्रातृ संगठनहरुमा अन्तरिक बिबाध र समस्याहरु भइरहन्छन तर तिनीहरुले लोकतान्त्रिक विधि र विधानअनुरूप समय परिस्थितिलाई मध्यनजर गरि आपशी बार्ता गरि समाधान गर्दै आएका छन् / तर नेपाली काँग्रेसका भातृ सङ्गठनहरूमा देखिएको समस्या नेपाली कोंग्रेसले पनि बार्ताद्वरा समाधान गर्न समाधान समिती गठन गर्नु निकै सराहनीय र लोकतान्त्रिक मानिएको थियो / उक्त बार्ता समितीले बार्ताबाट निकालेको निस्कर्ष सबै कार्यकर्ता र जनताहरुको नजरमा स्वीकार गर्न लायक हुने आशा गरिएकोमा त्यस्तो भएन समाधान समितीको निर्णयको कुनै औचित्य रहेन केवल कोइरालाले आफ्नो बिबेकले गरेको निर्णय मात्रै समग्र नेपाली कोंग्रेसको निर्णय हुने भएमा समाधान समिती वनाउनुको अर्थ के भयो ? के बार्ता समाधान समितीका व्यक्तिहरु असक्षम र अपरिपक्ब नै हुन् त? कि बार्ता समाधान समितीका व्यक्तिहरुले कोइरालाद्वरा रचित “सुशील बाबुले भनकै हुनुपर्छ” भन्ने नाटकका पर्दा अगाडिका पात्रहरु मात्र हुन् त? यो कुरा समाधान समितीका व्यक्तिहरुले बुझी शेर बहादुर देउबा भन्दा अगाडी आ आफ्नो पदबाट राजिनामा गरि एक ऐतिहासिक नेपाली कोंग्रेस पार्टीमा भएको अपरिपक्ब र अमर्यादित, अप्रजातान्त्रिक र तानाशाही निर्णयको अन्त गरि प्रजातान्त्रिक परिपाटी लागु गराउन र भबिस्यमा यसरि तानाशाही प्रवृतिबाट नेपाली कांग्रेस लाई जोगाउन महत्वपूर्ण भूमिका खेल्नु पर्ने र आफ्नो इमन्दरिता देखाउनु पर्ने हो /
सभापति कोइरालाले पटक-पटक नेपाली कोंग्रेस एकिकरण हुदा भएको सम्झौता विपरीत एकलौटी निर्णय गर्दै आएर अहिले पनि यसरि आफैले जुन बिपीको समाजबादको रुखमा चढेका छन् त्यै रुखको जरा काट्ने काम गरेबाट निजले त्यो रुखको जराहरु भनेका ने बि संघ , नेपाल तरुण दल, नेपाल महिला संघ ,नेपाल आदिबाशी जनजाती संघ,नेपाल शिक्षक सङ्घ,नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन,नेपाल प्रजातान्त्रिक चिकित्सक सङ्घका,प्रजातन्त्रवादी प्राध्यापक सङ्घ,सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल र प्रजातन्त्र सेनानी संघहो भन्ने कुरा सदैब ख्याल गर्नु जरुरि हुन्छ रुखको जरा काटेर त्यो रुख धेरै दिन टिक्न सक्दैन चाडै सुक्छ र ढल्छ बरु त्यसलाई मलजल लगाएर सुक्न र ढल्नबाट बाचाउन सकेको खण्डमा मात्रै तपाईहरुले उक्त रुखको छहारी पाउन सक्नु हुन्छ यो कुरा ख्याल गर्नु जरुरि छ / गिरिजाप्रसाद कोइराला र शेर बहादुर आपसमा फुट्दा नेपाली कोंग्रेसको हालत के भएको थियो त्यसले ति २ नेताहरु बिचमा अधिवेशनमार्फत भ्रातृ संगठनहरुका नयाँ नेतृत्व चयन गर्ने सहमति भएको कुराहरुलाई कोंग्रेस केन्द्रीय कमिटीका सदस्यहरु लगायत सभापतिले बुझ्नु जरुरि हुन्छ जसले गर्दा भबिस्यमा त्यस्तो अवस्था नहोस
/यसरि सभापति कोइराला र देउबा बीचमा भ्रातृसंगठनहरु बिघटनको टकराबले गर्दा देश बिदेशमा रहेका नेपाली कोंग्रेसका भ्रातृ संगठन र कार्यकर्ताहरुमा नेपाली कोंग्रेसको नेताहरु प्रति बितृष्णा पैदा हुनु स्वभाबिक हो/ भ्रातृ संगठन बिघटन गर्दा हुने फाइदा बेफाइदा भन्दा पनि नेपाली कोंग्रेसको उक्त समस्या समाधान समितीको निर्णयको खिलापमा सभापतिको तानाशाही प्रवृति प्रति सम्पूर्ण जनमानसको ध्यान केन्द्रित भएको छ/ त्यसले नेपाली कोंग्रेसका बार्ता समितीका व्यक्तिहरुले बार्ताको निर्णयमा अडिग भएर अगाडी बढ्नु पर्ने हुनेछ जसले भोलि तपाईहरुलाई जनताहरुले राम्रो नजरमा हेरुन न कि “सुशील बाबुले भनकै हुनुपर्छ” भन्ने नाटकका पर्दा अगाडिका पात्रहरुको रुपमा मात्रै,जहाँ सुशील बाबुले पर्दा पछाडिका व्यक्तिहरुको भनाइमा लागेर तपाईहरुलाई जोकर बनाएको हो वा नाटकमा तपाई हरुको सहमतिमा भएको हो भोलि जनताहरुलाई जानकारी हुनेनै छ / त्यसले गर्दा नेपाली कोंग्रेसमा बिँग्रदै गएको संस्कारलाई तपाईहरु सम्पूर्ण कांग्रेस पार्टीका नेताहरुले मिलि सुधार गर्नु सान्दर्भिक देखिन्छ/
तसर्थ नेपाली काँग्रेसका नेताहरुले पार्टीलाई फुटबाट बचाउने र आपसी तिक्तता हटाउनको लागि यथासक्य आन्तरिक समस्या समाधान गरि सम्पूर्ण पार्टी कार्यकर्ता र जनताहरुलाई एकताको सन्देश दिई, तानाशाही प्रबृतिको अन्त गरि पार्टीलाई लोकतान्त्रिक र विधिसम्मत ढङ्गले अघि बढाउनु र भ्रातृ संगठनहरु भनेका नेपाली काँग्रेसका आधार हो भन्ने कुरा ख्याल गरि नेतृत्वले आफ्नो कमजोरी स्वीकार गर्दै आपशी सहमतिबाट अगाढी वाढाउन आवाहन गर्दै , बार्ता समितीका व्यक्तिहरु ,विभिन्न भ्रातृ संगठनहरु र पेसागत सङ्घसंस्थाका पदाधिकारीहरूले समेत नेपाली काँग्रेसको नेतृत्वलाई विज्ञप्ति मार्फत खबरदारी गर्नु आजको महत्पूर्ण आवस्कता रहेको छ।
धन्यवाद !!
The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.