– विनायक पाण्डे
बल्कोट-२ अर्घाखाँची ,
हाल मेघालय शिलोङ,
पहाडी हुँ गाउँले भेस भुशा नै मन पर्छ मलाई,
सबैले गिज्याइ खिल्ली उडाइ भन्छन पाखे मलाई ,
पाखेनै हुन मन पर्योमलाई जन्मेको म गाउँमै ,
लडी बुडी खेलेर हुर्केको माटो मन पर्ने त्यो ठाउँमै ,
उकाली,ओराली रमाउदै हिंड्ने गरेको त्यो बानी ,
तिर्खा लाग्द गैराको पँधेरामा खाएको चिसो पानी,
घाँस दाउरा मेला,पात गर्दा का ति दिन्हरु,
थकाई लाग्द डाँडैको चोउतारिमा बसेकाती छिन्हरु,
जहाँँ कँही बसेपनी बिर्सन सक्दैन मेरो गाउँलाई ,
मरिन भने यतै कँही सुन्दर पार्नेछु त्यो ठ्हौँलाई,