– जगत प्रसाद आचार्य
अधिबक्ता, हाल दुबई
हे संघियताबादीहरु हो अब कराउन बन्द गर
जातीय संघियताको बारेमा त उच्चारण नगर
सुबाश,बिजुल,वर्षामान र कुल बहादुर लाई हेर
नेपाल राष्ट्रलाई टुक्राउन लाई लागि नपर !
मधिसबादी हो सम्पूर्ण मधेस एक प्रदेशको माग नगर
मधेशलाई नेपालबाट टुक्राउछौ भनि कुनै भ्रममा नपर
रामबरण, परमानन्द र बिजय कुमार लाई हेर
नेपाल राष्ट्रलाई टुक्राउने हरुलाई खबरदारी गर !
जाती बिशेषको नेतालाई नरोज
सम्पूर्ण नेपालीको नेता बन्न खोज
जाती बिशेषको राज्य नसोच
ब्यर्थ देशमा गृहयुद्द नखोज !
जातीय राज्यको कल्पना नगरौ
जातीय भेदभाब बरु अन्त गरौ
सयौ जात सयौ भाषि एक भइ जुटौ
रक्षा गरौ नेपालको कहिल्यै हामि नफुटौ !
धन्यबाद !!