भीम बस्नेत
बागी ८ अर्घाखाँची, नेपाल
हाल दोहा कतार
शिर माथि धाका टोपी ,सगरमाथा हाम्रो शान
संसारको ऊच्च शिखर, नेपालको पहिचान
गौतम बुद्ध जन्मे यहीं,शान्तिको ध्वनी फैलाउन
ज्ञानको ज्योति फैलाएर ,भएका उनी महान
डाँडा काँडा खोला नाला ,चारै तीर हरियाली
प्राकृतिकको धनी देश , ईश्वरको बरदान
बीरहरुका छोरा छोरी, झुक्दैनौ हामी कहिले पनि
मर्छौ बरु झुक्न जान्दैनौ,हामी नेपाली नौ जबान
होसियार खबरदार ,देशको सिमा मिच्नेलाई
हामी त्यसै छाड्दैनौ ,गोर्खालीका हौ सन्तान
नेपाल रहें हामी नेपाली ,रक्षा गरौं जन्म भूमिको
उठौ जागौ नेपाली हो ,लुटिनै लाग्यो स्वाभिमान