बिस्फोटक पदार्थले भरिएको विमान अमेरिकाको रक्षा मन्त्रालय पेन्टागन र राजधानी वाशिंगटन डिसीमा झार्ने योजना बनाईरहेको आरोपमा अमेरिकामा एक व्याक्तिलाई गिरफ्तार गरिएको छ । अमेरिकाको बोस्टनमा पक्राउ परेका २६ वर्षे अमेरिकी नागरिक रिजवान फिरदौस आतंकवादी सन्जाल अलकायदाका सदस्य रहेको खुलासा भएको अमेरिकी दावी छ ।
अमेरीकाको संघिय जाँच ब्युरो एफबिआईले महिनौसम्म अनुसन्धान गरेपछि फिरदौसलाई पक्रन सफल भएको बताएको छ । फिरदौसको साथबाट बिस्फोटक पदार्थका साथै रिमोट कन्ट्रोलबाट सञ्चालित जहाज पनि बरामद गरिएको छ ।
अमेरिकी नागरिक फिरदौस अमेरिकाकै नर्थ इस्टर्न युनिभर्सिटीका भौतिक विज्ञानका विद्यार्थी हुन् । फिरदौसले अलकायदालाई सामान उपलब्ध गराउने काम गर्दै आएको खुलासा भएको हो । उनीमाथिको आरोप सावित भएमा उनलाई १५ बर्षको जेल सजायँ हुनसक्ने छ ।