राजतन्त्रात्मक खाडी मुलुक बहराइनमा सरकार विरोधी प्रदर्शनकारीलाई उपचार गरेको अभियोगमा २० जना चिकित्सकलाई १५ वर्ष सम्मको जेल सजाय सुनाइएको छ । शिया समुदायको अधिकारको माग गर्दै भएको प्रदर्शनमा घाइते भएकाहरुलाई ती चिकित्सकहरुले उपचार गरेका थिए । उनीहरुले सुरक्षाकर्मीको भने उपचार नगरेको आरोप लगाइएको छ । यस्तै अदालतले प्रहरीलाई मारेको अभियोगमा एक जना प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
यसअघि पनि सैन्य अदालतले प्रहरी अधिकारीलाई मारेको अभियोगमा दुई जना प्रदर्शनकारीलाई मृत्यदण्डको सजाय सुनाएको थियो भने आठ जना शिया कार्यकर्तालाई जन्म कैदको सजाय सुनाएको थियो । मानव अधिकारकर्मीहरुले अदालतको फैसला आश्चर्यजनक भएको भन्दै चिकित्सकहरुले आफ्नो धर्म निर्वाह गरेको बताएका छन् । बहराइनमा सुन्नी समुदायका राजामा शासनमा रहेका छन् ।