घाँटीमा मासुको हड्डी अड्किँदा एकको मृत्यु

घाँटीमा मासुको हड्डी अड्किँदा जाजरकोटको डाँडागाउँ- ३ चिसापानी निवासी ३० वर्षीय गंगे कामीको मृत्यु भएको छ ।
बिहीबार बेलुकी घरनजिकैको होटलमा खाना खाँदै गर्दा घाँटीमा हड्डी अड्किएपछि उपचार हुन नसक्दा उनको मृत्यु भएको हो ।