सिरियामा रहेका आफना राजदूतमाथि दुब्र्यबहार गरेको प्रती अमेरिकाले आपत्ती जनाएको छ । अमेरिकी बिदेशमन्त्री हिलरी क्लिन्टनले सिरियाली सरकारको ध्यान केन्द्रित गर्दै सिरियामा रहेका कुनै पनि कुटनितीज्ञमाथि दुब्र्यबहार गरिनु निन्दनीय काम भन्दै खेद प्रकट गरेका हुन् ।
सिरियास्थित अमेरिकी राजदूत रोबर्ट फोर्डमाथि सिरियाली राष्ट्रपती बसर अल असदका समर्थकहरुले सिरियाली बिपक्षी नेतासंग बार्ता गरीरहेका राजदूत रोबर्टमाथि गोलभेडा र अण्डा प्रहार गरेका थिए । बार्तामा क्रममा आफूमाथि दुब्र्यबहार भएलगत्तै राजदूत रोबर्ट आफनो कार्यालय तर्फ जाँदा सिरियाली राष्ट्रपतीका हजारौं समर्थकहरुले उनको कार्यालय घेराउ गरेका थिए ।