आर्थिक संकटमा परेको युरोपेली मुलुकका लागि सहायता रकमको प्याकेज जर्मनीको तल्लो सदनले स्वीकृत गरेको छ । बेल आउट नामक यो प्याकेजलाई जर्मनी कै उच्च सदनसामू पेश गरिने छ । ६ सय २० सदस्य जर्मनीको संसदले जर्मन चान्सलर एंजेला मर्केलको युरोपेली बेल आउट प्याकेजको पक्षमा मतदान गरेका थिए ।
जसमा ८५ सांसदले असहमती जनाएका थिए भने ५ सय २३ सदस्य पक्षमा मतदान गरेका थिए । हाल बिश्वमा युरोपली मुद्रा युरो प्रयोग गर्ने १७ राष्ट्र रहेको र यी सबै राष्ट्रले युरोपियन फाइनान्सियल स्टेबिलिटी फंडको क्षमता चार गुणाले बढाउन पनि यो नयाँ प्याकेजलाई स्वीकृत गर्नुपर्ने आबश्यकता रहेको छ । यस फंडमा १२३ अर्व युरोको सहायता दिई यसमा बृद्धी गरी ४४० अर्व युरो पुर्याउने लक्ष्य नयाँ योजना अन्तर्गत रहेको छ ।
यता आर्थिक संकटको चपेटामा परेको ग्रीसलाई तत्काल ऋण नदिएको खण्डमा ग्रीसलाई ऋण उपलब्ध गराएका युरोपेली र अमेरिकी बैंक पनि डुबानमा पर्ने सम्भावना तीब्र रहेको छ ।