– विनायक पाण्डे ,
बल्कोट -२ अर्घाखाँची
अहिले मेघालय शिलोङ
यस्पालि नि हे मेरी आमा आउन पाइन ,,
तिम्रो हातको टिका र जमरा लाउन पाइन,,
सपनिमा सधैं भरी देख्छु तिमी रोकै,,
के गर्दै छौ आमा तिमीले खाको छौ कि भोकै,,
न रुनु है मेरी आमा तस्विर मेरो पर सार्दै,,
फाटेको चोली नलाए आमा मुटुमा गाँठो पार्दै,,
टिका मलाई लगाइदिनु तस्विरमा भएपनी,,
आउने छु आमा अर्कोसाल दसैं अहिले टाढा भएपनी,,