”मायालुको यादमा”


– जगत प्रसाद आचार्य

अधिबक्ता, हाल दुबई

 

मेरो माया मलाई  छोडी कहाँ  गयौ नि
मलाई  एक्लै बनाएर टाढा भयौ नि !
तिम्रो यादमा कति कति बिती सके रात
अब मैले कहिले  पाउने तिम्रो न्यानो साथ् !
तिमि बिना जिन्दगि नै अन्धकार देक्छु
तिम्रो साथ पाए  मात्रै म त अघि बढ्छु !
बिछोडको बेदनाले  चर्की रहेछ  छाती
बिपतीको कुहिरो लाग्यो यो जीवन माथि
दिन रात आइरहन्छन  आशुको त धारा
 चाडै भेट दिए  हुन्थ्यो मेरो प्राण प्यारा  !