अफगान राष्ट्रपति हमिद कारजाईद्धारा आफ्नो सरकारले अब तालिवानसँग शान्ति वार्ता गर्ने घोषणा

अफगान राष्ट्रपति हमिद कारजाईले आफ्नो सरकारले अब तालिवानसँग शान्ति वार्ता गर्ने घोषणा गर्नुभएको छ । अफगानी धार्मिक नेताहरुलाई सम्बोधन गर्दै कारजाईले पूर्व राष्ट्रपति बुराहनुद्धीन रब्बानीको हत्यापछि पाकिस्तानसँग वार्ता गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहांले रब्बानीको हत्यापछि अफगानिस्तानको शान्ति वार्तामा पाकिस्तान दोस्रो पक्ष रहेको समेत उल्लेख गर्नुभयो ।


कारजाईले तालिवान नेता मुल्लाह उमरलाई पत्ता लगाउनु सम्भव नदेखिएको पनि बताउनु भयो । तालिवानसँग शान्ति वार्तामा संलग्न रहेका रब्बानीको गत महिना तालिवान आत्मघाती आक्रमणकारीले आफ्नै निवासमा हत्या गरेको थियो । रब्बानीको हत्यापछि अफगानिस्तानमा शान्ति वार्ताको भविष्यप्रति चिन्ता व्यक्त भैरहेका बेला कारजाईको पछिल्लो प्रतिक्रियालाई अर्थपूर्ण रुपमा लिइएको छ ।


हालै मात्र काबुलमा रहेको अमेरिकी दुतावास आक्रमणमा संलग्न हक्कानी नेटवर्क र पाकिस्तान सरकारको सम्बन्ध रहेको अमेरिकी आरोप सार्वजनिक भएको थियो ।