पाकिस्तानका पूर्व गभर्नरको गोली हानी मारेको अभियोगमा उनका अंगरक्षकलाई मृत्युदण्डको फैसला

पाकिस्तानको एक अदालतले पञ्जावका पूर्व गभर्नर सलमान तासिरको गोली हानी मारेको अभियोगमा उनका अंगरक्षकलाई मृत्युदण्डको फैसला सुनाएको छ । गत जनवरीमा तासिरको हत्या उनका अंगरक्षक मुमताज कादरीले गरेका थिए ।

 

अदालतमा कादरीले तासिरको हत्या गरेको स्वीकार गरेका थिए । उनले अल्पसंख्यक समुदायको विपक्षमा रहेको विवादास्पद ब्लास्परी कानुन खारेज गर्नु पर्ने तासिरको वकालतको आफु विपक्षमा रहेको बयान दिएका थिए । कानुनको विपक्षमा रहेकाहरुले भने यसको दुरुपयोग भएको बताएका थिए ।

 

इस्लामावादमा गत जनवरी ४ मा आफ्नो कारमा छिर्न लागेका बेला तासिरको गोली हानी हत्या गरिएको थियो ।