अनवर अल अवलाकी मारिनु आतंकवादी संगठन अलकायदाका लागि ठूलो क्षति: ओबामा

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अनवर अल अवलाकी मारिनु आतंकवादी संगठन अलकायदाका लागि ठूलो क्षति भएको बताउनु भएको छ ।

 

अवलाकी निर्दोष अमेरिकी नागरिक मार्ने योजना र निर्देशनमा संलग्न रहेको भन्दै ओबामाले यमनी नागरिक मारिएका विभिन्न घटनामा अवलाकी प्रत्यक्ष संलग्न रहेको बताउनुभयो । अमेरिकाले सर्वाधिक खोजेको अवलाकी यमनमा अलकायदाको पकड क्षेत्र मानिने मारिब प्रान्तमा गरिएको अमेरिकी मानवरहित विमान आक्रमणमा मारिएको यमन सरकारले पुष्टि गरेको छ ।

 

अमेरिकी राष्ट्रपति ओबामाले अवलाकीको मृत्युले अलकायदा र उसंग आवद्ध कोही पनि विश्वको कुनै कुनामा सुरक्षित रहन नसक्ने प्रमाणित भएको उल्लेख गर्नुभयो । अमेरिकी मूलका कट्टरपन्थी इस्लामिक धार्मिक नेता अवलाकी अरब क्षेत्रमा अल कायदाका महत्वपूर्ण नाइके मानिन्थे । अल अवलाकी सन् २००७ देखि यमनमा लुक्दै आएका थिए ।

 

ओबामाले गत वर्ष नै अवलाकीको हत्या गर्न अमेरिकी सेनालाई निर्देशन दिनु भएको थियो । अवलाकीमाथि अमेरिकी सैनिक क्याम्प फोर्ट हुडको हत्याप्रकरण, टेक्सस, न्युयोर्कको टाइम्स स्क्वायरमा गरिएका आक्रमणमा संलग्न रहेको आरोप लगाइएको छ ।