चाड पर्वका बेला लत्ता कपडा लगायतका सामाग्री खरिदमा व्यवसायीहरुले छुटको व्यवस्था समेत गरेकाले उपभोक्ताहरुको चहलपहल बढेको व्यवसायीहरु बताउँछन् ।
दशैंका बेला नयाँ लुगा लगाउने परम्पराका कारण पनि आफूहरुको व्यापार बढ्दै गएको व्यवसायीहरुको भनाइ छ । काठमान्डौंमा रहेका सिभिल मल, यूनाइटेड वल्ड ट्रेड सेन्टर, काठमान्डौं मल, सिटि सेन्टर लगायतका ठूला व्यवसायीक भवनमा मानिसहरुको चहल पहल बढी देख्न सकिन्छ ।