शिर्त शहर कब्जा गर्न पुगेका हजारौं समर्थकलाई सेना र गद्दाफी समर्थकले शिर्त शहरबाट लखेटे

कर्णेल गद्दाफीको पकड जिल्ला शिर्त शहर कब्जा गर्न पुगेका हजारौं समर्थकलाई सेना र गद्दाफी समर्थकले शिर्त शहरबाट लखेटेका छन् ।

 

अन्तरिम सरकारका फौजले शिर्त शहर छाडेपनि अझै केही सेना र गद्दाफी समर्थकले भने लडाई जारी राखेका छन् । लिबियाको अन्तरिम सरकारको फौजले शिर्त शहरमा जारी राखेको प्रदर्शनले उग्र रुप लिएपछि गद्दाफी समर्थक सेनाले बल प्रयोग गरेका हुन् ।

 

जसका कारण कयौँ घाइते भएका छन् । बख्तरबन्द गाडीसहित विद्रोहीलाई लखेट्न पुगेका सेनाले धरपकड गरी कयौंलाई नियन्त्रणमा लिएका छन् भने सेनाको तर्फबाट पनि केही घाइते भएका छन् । लिबियामा जारी संघर्षका कारण हालसम्म सयौंको मृत्यु भइसकेको छ । यद्यपि, गद्दाफी कहाँ छन् भन्ने भन्नेबारे केही जानकारी छैन ।