स्कटहोम – तीन दिनअघिमात्र निधन भएका एक वैज्ञानिकसहित चिकित्साशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार शरीरको प्रतिरोधी प्रणालीबारे अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका तीन वैज्ञानिकलाई प्रदान गरिएको छ।
अमेरिकाका ब्रुस ब्युट्लर, लक्जमबर्गका जुल्स होफम्यान र क्यानडाका राल्फ स्टिनम्यानलाई यस वर्षको नोबेल पुस्कार प्रदान गरिएको हो।
स्टिनम्यानको गत शुक्रबार ६८ वर्षको उमेरमा निधन भइसकेको छ।
प्राध्यापक बेउट्लर र होफम्यानले शरीरको पहिलो सतह प्रतिरोधी प्रणालीले संक्रमणविरुद्ध कसरी सक्रिय हुन्छ भनेर पत्ता लगाएका छन्। प्राध्यापक संक्रमणबाट बचाउने शरीको कोष पत्ता लगाएका थिए।
बेउट्लर र स्टेइनम्यान अमेरिकामाका काम गर्छन् भने होफम्यान फ्रान्सेली संस्थासँग आवद्ध छन्। पुरस्कारको १ करोड क्रोनर ब्युट्लर र होफम्यानले २५-२५ प्रतिशत र बाँकी आधा स्टेइनम्यानले प्राप्त गर्नेछन्।
तीनै जना वैज्ञानिकको खोजले संक्रमित रोगविरुद्ध औषधी निर्माण गर्न र क्यान्सर रोगविरुद्धको उपचार उनीहरुको खोजमा आधारित भएर गर्ने गरिन्छ। चिकित्सा शास्त्रका लागेका अन्य व्यक्तिहरुले तीन वैज्ञानिकको अनुसन्धानले रोजविरुद्ध लड्ने औषधी बनाउने कुरामा महत्वपूर्ण सहयोग पुगेको छ।
नोबेल पुरस्कार डाइनामाइटका आविस्कार तथा व्यापारी अल्फ्रेड नोबेलका स्मृतिमा सन् १९०१ मा स्थापित प्रतिष्ठिता पुरस्कार हो।
– एजेन्सी