विगतमा भन्दा यसपटक खसीको मूल्य चर्को भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । खसी किन्न खसीबजार पुगेका उपभोक्ताले मध्यम तथा गरिब वर्गले मासु खानै नसक्ने अबस्था आएको गुनासो गरे । खसीको कृत्रिम अभाव देखाएर मूल्यबृद्धी गर्न खोजिएको गुनासो उपभोक्ताको छ ।
व्यापारीहरुले भने आफुहरुले कृत्रिम सृजना नगरेको बरु उपभोक्ताका लागि सहज गराउन खोजेका दावी गरेका छन् । सरकारी बेवास्ताका कारण अनावश्यक रुपमा ठाउठाउमा रकम तिर्नुपरेको उनीहरुको भनाइ छ ।
एउटा खसीका लागि तीन चार सय रुपैया चुहावट भएकाले खसीको मूल्य बढेको चौपाया खरीद बिक्रीसंघका अध्यक्ष दिपक थापाको भनाइ छ । खसी बजारमा आज खसीको मूल्य प्रतिकिलो ३ सय २० रह्यो । सोमबार प्रतिकिलो ३ सय १५ थियो भने आइतबार २ सय ८० रहेको ब्यापारीहरुले जनाए ।