तिव्वती अध्यात्मिक गुरु दलाई लामाको दक्षिण अफ्रिकाको भ्रमण रद्द भएको छ । पादरी डेसंड टुटुको ८० औं जन्मोत्सवमा सहभागी हुन अध्यात्मिक गुरु लामा आगामी शुक्रबारका लागि दक्षिण अफ्रिका जाने कार्यक्रम थियोे तर अफ्रिकी सरकारले दलाई लामालाई भिसा दिन ढिलाई गरेको कारणले भ्रमणको कार्यक्रम रद्द गरेको लामाको कार्यालयले जनाएको छ ।
लामालाई भिसा दिन सरकारले ढिलाई गरेको भन्दै पादरी टुटले सरकारको चर्को आलोचना गर्नुभएको । आलोचकको भनाइ अनुसार चीनले दवाव दिएका कारण अफ्रिकी सरकाले लामालाई भिसा दिन ढिलाई गरेको हो । दक्षिण अफ्रिकाले भने चीनको दवाव आएको भन्ने समाचारको खण्डन गर्दै लामाले भिषा प्रक्रिया पुरा गर्न ढिलाई भएको जनाएको छ ।