सिरियाको आलोचना गर्दै आएको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको प्रस्तावलाई चीन र रुसद्धारा भिटो

सरकार विरोधी प्रदर्शनमा बल प्रयोग गरिएकोमा सिरियाको आलोचना गर्दै आएको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको प्रस्तावलाई चीन र रुसले भिटो लगाएको छ ।

 

युरोपेली मुलुकको तर्फबाट तयार पारिएको प्रस्तावमा चीन र रुसले भिटो लगाए लगत्तै सिरियामाथि प्रतिबन्ध लाग्न सक्ने सम्भावना पनि न्युन बनेको छ । चीन र रुसको कदमप्रति संयुक्त राष्ट्रसंघस्थित अमेरिकी राजदूतले निन्दा गरेका छन् ।

 

मार्चदेखि सिरियामा शुरु भएको प्रदर्शनमा २७ सय व्यक्ति मारिएको राष्ट्रसंघको अनुमान छ । सिरियाली राष्ट्रपति बसर अल असदले भने सिरियामा सुधारको प्रयासमा भैरहेको भन्दै त्यसका लागि प्रदर्शनकारीले मौका दिनुपर्ने बताएका छन् । सुरक्षा परिषदको १५ सदस्य राष्ट्रमध्ये नौ राष्ट्रले प्रस्तावका पक्षमा स्वीकृती दिएका छन् भने बाँकी छ राष्ट्रले अस्वीकार गरेका छन् ।r