सामरिक सम्झौंताको उद्देश्य अन्तर्राष्ट्रिय आतंकबाद, सुनियोजित अपराध, नशालु औषधीको अवैध व्यापार रोक्नु हुनेछ । पाकिस्तान र अफगानिस्तानबीच सम्बन्ध बिग्रिरहेका बेला भारत र अफगानिस्तानबीच यस्तो सम्झौता भएको हो । भारत र अफगानिस्तानबीच व्यापार, आर्थिक, वैज्ञानिक र प्राविधिक सहयोग बाहेक व्यापारिक सम्बन्ध बिस्तारका लागि औद्योगिक क्षेत्रका प्रतिनिधिबीच पनि सम्झौता भएको छ । यसबाहेक कृषि, ग्रामीण बिकास, उर्जा, सञ्चार र नागरिक उड्डयनमा पनि एक अर्काले सहयोग गर्ने बचनबद्धता व्यक्त गरिएको छ ।