बिन लादेनबारे अमेरिकालाई सुराकी दिने चिकित्सकमाथि पाकिस्तानले देशद्रोहको अभियोगमा मुद्दा दर्ता गर्ने

आतंकबादी सन्जाल अलकायदा प्रमुख ओसामा बिन लादेनबारे अमेरिकालाई सुराकी दिने चिकित्सकमाथि पाकिस्तानले देशद्रोहको अभियोगमा मुद्दा दर्ता गर्ने भएको छ । पाकिस्तानी चिकित्सक शकील आफरिदीले आफनौ भूमीमा रहेका ओसामा बिन लादेनबारे पाकिस्तान सरकारलाई जानकारी नगराई अमेरिकालाई सहयोग गरेको भन्दै पाकिस्तान सरकारले यस्तो निर्णय गरेको हो । ओसामा बिन लादेनको मृत्यु लगत्तै उनका तीन पत्नी, दुई छोरा सहीत ओसामा बिन लादेनका निजी चिकित्सकलाई पाकिस्तान सरकारले पक्राउ गरेको थियो ।


ओसामा बिन लादेनको हत्यापछी गठित पाकिस्तानको जाँचबुझ आयोगको हालै बसेको बैठकले गुप्तचर संस्था आइ.एस.आई प्रमुख जनरल अहमद सुजा पासाको अन्तवार्ता लगत्तै यस्तो निर्णय गरेको हो । चिकित्सक अफरिदीले पाकिस्तानको ऐबोटाबादमा रहेका ओसामा बिन लादेनको निजी चिकित्सकका रुपमा काम गर्दै आएको र ओसामा बिन लादेनको घरको ठेगाना बताएका थिए । उनकै सहयोगको आधारमा अमेरिकी सेना ओसामा बिन लादेनको घर सम्म पुग्न सफल भएका थिए । ओसामा बिन लादेनको गत मे महिनामा पाकिस्तानको ऐबोटाबादमा अमेरिकी सेनाले हत्या गरेको थियो ।