दशैका लागि आफ्नो जन्मथलो गएकाहरु धमाधम राजधानी फर्कन थाले


 

दशैका लागि आफ्नो जन्मथलो गएकाहरु धमाधम राजधानी फर्कन थालेका छन् । छोटो समय विदा पाएका र आफ्ना व्यवसाय संचालन गरिरहेकाहरु राजधानी फर्किने क्रम तीब्र भएको छ ।

 

 काठमाण्डौको कोटेश्वर, थानकोट, बल्खु, बालाजुलगायतका मुख्य नाका हुदै गाडीमा टनाटन भएर सर्वसाधारण राजधानी फर्केका छन् ।

 

गाडी अभावका कारण घर जांदाको गाडीको कोचाकोच र सास्ती फर्किदा पनि सर्वसाधारणले ब्यहोर्नु परेको छ । दशैको मौकामा घरमा सबै आफन्तसँग भेटघाट भएकोले रमाइलो भएको उनीहरुले वताएका छन् ।