एमाले अर्घाखाँचीद्धारा ७० बर्ष माथिका सात बृद्ध सम्मानित (तस्बिरहरु)

– प्रेमनारायण आचार्य


अर्घाखाँची २१ असोज । लामो समय देखि कम्युनिष्ट आन्दोलन एवं प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका खन गाविसका ७० बर्ष माथिका ७ जना जेष्ठ कम्युनिष्ट योद्धाहरुलाई नेकपा एमाले अर्घाखाँचीले दोसल्ला ओडाएर सम्मान गर्नु साथै सम्मान पत्र समेत वितरण गरेको छ । 

 



नेकपा एमाले खन गाँउ कमिटी अर्घाखांचीले  आयेाजनामा गरेको दशै तिहारको शुभकामना आदान प्रदान पुनर्मिलन तथा चियापान कार्यक्रममा ती बृद्धहरुलाई सम्मान गरिएको हो । 

 



कार्यक्रममा बोल्दै एमाले जिल्ल्ाा अध्यक्ष रामजी प्रसाद घिमिरेले दशै तिहार जस्ता पर्वहरुले राजनीतिक दलहरुको बीचमा बढ्दै गएको असमझदारीलाई हटाएर सहमती निर्माणमा प्रेरणा प्रदान गरुन भन्ने कामना गर्नु भयो ॥ एमाले उपाध्यक्ष जनार्दन खनालले ४५ दिनमा शान्ति प्रकृया पुरा गर्छु भनेर प्रधानमन्त्री बनेका बाबुराम भट्टराई अहिले आफ्नो  प्रतिवद्धताबाट पछाडी हटेकॊ दावी गर्नु भयो । एमाले जिल्ला जिल्ला प्रचार विभाग प्रमुख प्रेमनारायण गैरेले शान्ति प्रकृया पुरा नभए सम्म नयां संविधान जारी हुन नसक्ने बताउनु भयो । 

 



एमाले खन गाउ कमिटीका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षता र सचिव खिमानन्द खनालको संचालनमा भएको पुनर्मिलन तथा चियापान कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य बुद्धि रायमाझी अनेरास्ववियु केन्द्रीय सदस्य लिलबहादुर विक बाग्मती अंचल सदस्य माधव खनाल जिल्ला सदस्य टंक पोखरेल एमाले लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।




























Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.