यस वर्षको नोबेल शान्ति पुरस्कार तीन जना महिला अधिकारकर्मीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले नोबेल शान्ति पुरस्कार लाइबेरियाका राष्ट्रपति एलेन जोन्सोन सर्लेफ, अधिकारकर्मी लेमाह गबोवी र यमनकी तावाक्कुक कर्मानलाई संयुक्त रुपमा दिने घोषणा गरेको हो ।
महिला सुरक्षा र अधिकारका लागि गरेको अहिंस्रक संघर्षका लागि शान्ति पुरस्कार तीन जना महिला अधिकारकर्मीलाई प्रदान गरिएको समितिले जनाएको छ । लाइबेरियामा दोस्रो गृहयुद्ध अन्त्य गर्ने शान्ति वार्तामा लेमाह गबोवीले महत्वपूर्ण भूमिका निभाएको जनाइएको छ । यसैका कारण लाइबेरियामा चाल्र्स टेलरको शासन अन्त्य भएको र हाल उनी युद्धापराधको मुद्दा खेपिरहेका छन् । यमनकी तवाक्कुल करमान भने पेशाले पत्रकार हुन् र उहाँ लोकतान्त्रिक परिवर्तनका लागि मानवअधिकारको क्षेत्रमा कार्यरत छन् ।