लिबियामा अन्तरिम सरकारको सेना र गद्धाफी समर्थकबीच भीषण लडाई

लिबियामा अपदस्थ राष्ट्रपति कर्णेल गद्धाफीको गृहनगर सिर्तको केन्द्र भागमै लिबियाली अन्तरिम सरकारको सेना र गद्धाफी समर्थकबीच भीषण लडाई भैरहेको खबर छ ।

 

संघर्षमा दर्जनभन्दा बढी व्यक्ति मारिएका छन् भने सयौं घाइते बनेका छन् । शहरका धेरैजसो क्षेत्र अन्तरिम सरकारको सेनाको नियन्त्रणमा आएको बताइएको छ । सिर्त गद्धाफी समर्थकको बाहुल्य रहेको शहर हो ।

 

गद्धाफी लुकेको आशंका गरिएको क्षेत्र उगाडुगु कन्फ्रेन्स सेन्टरमा सरकारी सेनाले आक्रमण तीब्र बनाएका छन् । बीबीसीका अनुसार अन्तरिम सरकारका सेनाले लगभग सबैजसो क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेका छन् । संघर्षका कारण सर्वसाधारणहरु भने त्यस क्षेत्रबाट पलायन भैरहेका छन् ।