नेपाली काग्रेस अर्घाखाँचीको चियापान कार्यक्रम सम्पन्न

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची २१ असोज । नेपाली काग्रेसका सभापति कमल प्रसाद भुसालले माओवादी र मधेशी मोर्चा बीचको भएको चार बुंदे सहमती राष्टघाती भएको भन्दै यस्को तत्काल खारेज नभए राष्टियता खतरामा पर्ने बताउनु भएको छ । 


उहाले ४५ दिनमा शान्ति प्रकृया पुरा गर्छु भनेर प्रधानमन्त्री बनेका बाबुराम भट्टराई अहिले आफ्नो  प्रतिवद्धताबाट पछाडी हटेको भन्दै ४५ दिनमा शान्ति प्रकृया पुरा नगरे बाबुराम भट्राईले प्रधानमन्त्री पदबाट राजिनामा दिनुको विकल्प नभएको दावी गर्नु भयो । 


नेपाली काग्रेस भगबती गाविसले अर्घाखाँचीको भगबतीको तारु भतेरामा गरेको चियापान  कार्यक्रममा बोल्दै सभापति भुसालले यस्तो बताउनु भएको हो ।


कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य देबराज श्रेष्ठले शान्ति प्रकृया पुरा नभए सम्म नयां संविधान जारी हुन नसक्ने बताउदैं यो सरकारले शान्ति प्रकृयालाई पुरा गर्न नसक्ने दाबी गर्नु भयो ।


कार्यक्रममा नेपाली काग्रेसका महाधिबेसन प्रतिनिधि लेखनाथ पोख्रेल पुर्ब गाँउ सभापति चन्द्रमान श्रेष्ठ झकलाल पाण्डे तरुणदल गुल्मीका सचिब छबी पाण्डे बिष्णु न्यौपाने अर्घातोषका सभापति राजकुमार श्रेष्ठ मरेंगका सभापति ज्ञानबहादुर पाण्डे नेबिसंघ समपर्क समितिका लक्ष्मण पाण्डे महिला संघकी लक्ष्मी पाण्डे बालाराम पाण्डे नेबिसंघका टंक पाण्डे बलराम पाण्डे मोहनलाल पाण्डे शिक्षक संघका कैलास श्रेष्ठ  नारायण पाण्डे गोकर्ण आचार्य देबेन्द्र बन्जाडेलगायतले मन्तब्य राख्नु भएको थियो । 


कार्यक्रम प्रेम पन्थिीको सभापतित्व र सोभाखर पाण्डेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

 





























Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.