स्थानीय बिकास तथा शिक्षा मन्त्री टोपबहादुर रायमाझी अर्घाखाँचीको बागीमा, सहमतिको सरकार बिना संबिधान निर्माण हुन नसक्ने ठोकुवा


 

– प्रेमनारायण आचार्य 

 
अर्घाखाँची २१ असोज । स्थानीय बिकास तथा शिक्षा मन्त्री टोपबहादुर रायमाझीले राष्टिय सहमतिको सरकार  बिना संबिधान निर्माण हुन नसक्ने ठोकुवा गर्नु भएको  छ । उहाले राष्टिय सहमतिको सरकार बनाउनकोलागि प्रयास भैरहेको र यो सरकारले नै शान्तिसबिधानलाई पुर्णता दिने बताउनु भयो  । 


   अर्घाखाँचीको बागीमा रहेको शान्ती उच्च माबि भुपु बिद्यार्थी समाजको ५ औ साधारण सभाको उद्घाटन गर्दै नेता रायमाझीले यस्तो बताउनु भएको हो । 


   माओबादी स्थायी कमिटि सदस्य समेत रहेका नेता रायमाभिले  दलहरुकै बिबादले शान्ति प्रकि्रया र नयाँ संबिधान निर्माणमा चाहेजती प्रगती हुन नसकेको बताउदै   माओबादी लडाकुको टुंगो नलगाएर बनाईएको संबिधान दिगो नहुने बताउनु भयो । 


  कार्यक्रममा मन्तब्य राख्दै माओबादी पोलिट्ब्युरो सदस्य तथा पुर्ब सभासद डिलाराम आचार्यले सरकारको नेतृत्व गरिरहेको समयमा पनि हतियार भण्डारण गरिएको कंन्टेनरको साँचो बुझाउने बिषयमा माओबादी भित्र देखिएको बिबाद सामान्य भएको बताउनु भयो ।


   कार्यक्रममा एकिकृत माओबादीका जिल्ला ईन्चार्ज चन्द्बहादुर खड्का एमालेका रामबहादुर चौहान  काग्ेसका ठाकुर पन्थि  राजमोका डिलबहादुर केसी  दलित उपेक्षित बर्ग बिकास समितिका खिमबहादुर बिक बागि उमाबिका प्राचार्य मानबहादुर पाण्डे  बिद्यार्थी समाजका माधब भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो ।


  कार्यक्रम गंगा पन्थीको अध्यक्षता  गणेश खनालको संचालन र प्रेम चन्द्र बिकको स्वागत मन्तब्यमा सम्पन्न भइको हो ।

 

































Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.