एमाले पालीद्धारा शुभकामना कार्यक्रमको आयोजना (तस्बिर सहित)

– प्रेमनारायण आचार्य


अर्घाखाँची २२ असोज । नेकपा एमाले पाली गाँउ कमिटी अर्घाखांचीको आयेाजनामा दशै तिहारको अवसरमा शुभकामना आदान प्रदान तथा पुनर्मिलन र चियापान कार्यक्रम सम्पन्न भएको छ ।

 


 

कार्यक्रममा मन्तव्य राख्ख्दै कार्यक्रमका प्रमुख अतिथि एमाले जिल्ला उपाध्यक्ष जनार्दन खनालले प्रधानमन्त्री आफ्नो प्रतिवद्धताबाट पछाडी हटेर जनता ढाटन थालेको भन्दै ४५ दिनमा शान्ति प्रकृया पुरा नगरे बाबुराम भट्राईले प्रधानमन्त्री पदबाट राजिनामा दिनु पर्ने बताउनु भयो । 


कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख प्रेमनारायण गैरेले यो सरकार शान्ति प्रकृयालाई पुरा गर्नुको साटो हत्यमा दोषी प्रमाणित भएका व्यक्तिहरुको मुद्धा फिर्ता गरेर दण्डहिनतालाई प्रसय दिने र पीडितहरुलाई िहंसामा उत्रन बाध्य पार्न खोजेको अरोप लगाउनु भयो । 

 



एमाले केन्द्रीय प्रचार विभाग सदस्य केशव खनालले कमला मा।विलाई उच्च मावि बनाउनु पर्ने भन्दै त्यसका लागि काठमाडौंमा बस्नेहरु पनि आवश्यक सहयोग जुटाउन लागि पर्ने बताउनु भयो ।


एमाले पाली गाउँ कमिटीका उपाध्यक्ष कौशर अलिको अध्यक्षता र सचिव पदम खनालको संचालन र उपसचिव ऐयापदिन मियांको स्वागत मन्तव्यमा भएको पुनर्मिलन तथा चियापान कार्यक्रममा एमाले भारत प्रवासी नेपाली संघ राज्य कमिटी सदस्य विमल पौडेल  एकीकृत नेकपा माओवादीका प्रतिनिधि रोमबहादुर पाण्डे नेपाली कांगेसका प्रतिनिधि इन्सु मियां कमला मावि पालीका प्रअ गाविन्द पन्थी एमाले अडगुरी गाउँ कमिटी सचिव गुनाखर अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 



































Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.