अर्घामा प्रधानमन्त्री भट्टराई सहित-दाहाल रायमाझी र केसी आउने


 

– वीरेन्द्र केसी

 

अर्घाखाँची – एकीकृत नेकपा माओवादीले अर्घाखाँची जिल्लाको अर्घाको मसुरपाटामा पुर्णिमाको दिन गर्ने विशाल जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराई अध्यक्ष पुष्पकमल दाहाल स्थानीय विकास मन्त्री एवं स्थायी समिति सदस्य टोपबहादुर रायमाझी लगायतका केन्द्रीय स्तरका नेताहरु आउने भएका छन ।


यसैबीच राष्ट्रिय जनमोर्चाले अर्घाको रानीगैरामा आयोजना गर्ने विशाल जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न मोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी महासचिव सन्तबहादुर नेपाली केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल ईन्चार्ज बोमबहादुर खत्री केन्द्रीय सदस्य सागर केसी शेरबहादुर विसी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

माओवादीले र राजमोले पुर्णिमाको दिन छुट्टाछुट्टै जनसभा तथा सास्कृतिक कार्यक्रम गर्छन । विगतका वर्षहरुमा रातीमा गरिदै आएकोमा यस वर्ष पुर्णिमाको दिन दिउसो असोज २५ गते कार्यक्रम गर्ने तय भएको माओवादी जिल्ला ईन्चार्ज चन्द्रबहादुर खडका उज्ज्वलले बताए ।

 

राजमोले गर्ने रानीगैरा र माओवादीले गर्ने मसुरपाटा करिब ३ सय मिटर फरकको दुरीमा कार्यक्रम गर्ने स्थान रहेका छन ।

 

माओवादी जनयुद्धमा रहेको बेला सानो पार्टी भएपनि माओवादीको भण्डाफोर अभियान चलाएको राष्ट्रिय जनमोर्चा र माओवादी बीच राजनीतिक वैचारिक रुपमा चर्काचर्की बहस हुने गर्छ ।

 

पुर्णिमाको दिन अर्घा भगवती मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई मध्यनजर गर्दै दुवै पार्टीले वर्षौदेखि जनसभा तथा सस्कृतिक कार्यक्रम गर्दै आएका छन ।

 

 पुर्णिमाको दिन मेलामा आएका हजारौ दर्शक र जनतालाई आफना विचार प्रवाह गर्न दुवै पार्टीले केन्दीय अध्यक्ष लगायत नेता र कलाकार ल्याएर राजनीतिक विचार र सास्कृतिक कला प्रदशन गर्ने प्रतिस्प्रधा जस्तै हुने गरेको आभास सर्वसाधारणको छ ।



 




































Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.