यमनी राष्ट्रपति अब्दुल्लाह सालेहले पद छोड्ने

यमनी राष्ट्रपति अब्दुल्लाह सालेहले पद छोड्ने संकेत दिएका छन् । केही महिनादेखि जारी प्रदर्शनका क्रममा घाइते भएका सालेह केही दिन अघि यमन फिर्ता भएका थिए ।

 

खाडी राष्ट्रको मध्यस्थतामा भएको सम्झौतामा हस्ताक्षर गर्न बारम्बार अस्वीकार गर्दै आएका सालेहले उपराष्ट्रपतिलाई सत्ता सुम्पन तयार रहेको बताएका छन् । यमनको सरकारी टिभीमार्फत सन्देश दिँदै सालेहले पद छोड्ने मिति भने तय गरेनन् । तर यमनका नोबेल शान्ति पुरस्कार बिजेता तबाकुल कारमनले भने सालेहको भनाइमा विश्वास गरिहाल्ने ठाउँ नरहेको बताएका छन् ।

 

यमनमा सुरक्षास्थिति कमजोर हुनुका साथै दलहरुबीच संघर्ष बढ्दा आतंकवादी संजाल अल कायदाको गतिबिधी पनि तीब्र भएको छ । सरकार विरोधी प्रदर्शनमा थुप्रैं मारिसकेका छन् ।