फेरी पञ्चायत फर्कन सक्छ: केसी

– वीरेन्द्र केसी

 
अर्घाखाँची – राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले ठुला दलहरुकै कारण गणतन्त्र आईसकेको नेपालमा फेरी पञ्चायत फर्कन सक्ने बताएका छन । तीन ठुला दल माओवादी काग्रेस एमाले संविधान बनाउन भन्दा पनि सत्तामा बढी लिप्त भएको आरोप लगाउदै केसीले तीन दलकै कारण मुलुकमा फेरी हटिसकेको राजतन्त्र फर्कन सक्ने खतरा रहेको बताए । 

 


 

यो सरकारले शान्ति र संविधानका काम गर्न नसक्ने भएकाले माओवादी र मधेशवादी दल बीच भएको चार बँुदे सम्झौता राष्ट्रको लागि घातक भएकाले बाबुरामको नेतृत्वमा रहेको सरकारले शान्ति र संविधानका काम पुरा गर्छु भनेर जति भाषण गरेपनि जनतालाई झुक्याउने खेल वाहेक अरु केही हुन नसक्ने आरोप लगाए ।

 

मंगलवार सन्धिखर्कमा मोर्चाले गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले मधेशवादी दल र आफनै पार्टी भित्रबाट बाबुरामलाई असफल बनाउने चलखेल शुरु भएकाले यो सरकार असफल हुने वादी गरे । बाबुराम शान्ति र संविधानका लागि नभएर रहर पुरा गर्न प्रधानमन्त्री भएको समेत आरोप लगाए ।

 


 

माओवादी काग्रेस र एमाले नमिलेसम्म शान्ति र संविधानका काम पुरा हुन सक्दैनन् उनले भने माओवादी र मधेशवादी दलले मात्रै पुरा गर्छ भन्ने कल्पना पनि गर्न सकिदैन । उनले संविधान नलेखिएर मुलुक ठुलो दुर्घटनामा जाने भएकाले तीन ठुला दल मिल्नुपर्ने उनको तर्क छ । शान्ति प्रकि्रया टुगो लगाउन यो सरकारलाई कठिन छ उनले भने सरकारमा गएका मधेशवादी दलले बाबुरामलाई असफल पार्दैछन । उनले ४ बुदे सम्झौता राष्टघाती भएकाले खारेज गर्नुपर्ने बताए । ठुला दलहरु शान्ति प्रकि्रया र संविधान लेखनमा भन्दा पनि सत्ताको मोहमा लिप्त भएका छन उनले भने राष्ट्रिय सहमतीको सरकार भन्दा संविधान बनाउनको लागि राष्ट्रिय सहमती चाहिन्छ ।

 


 

ठुला दलहरुकै कारण द्धन्द्ध समाधान गर्ने बाहानामा विदेशी चलखेल बढिरहेको बताए । उनले संघीयता लागु गरे देश विखण्डनमा जाने भएकाले यसको खारेजीको माग गरे । केसीले शिविरमा रहेका लडाकु माओवादीको लागि गलपासो भएको बताए । उनले माओवादी लडाकु नेपाली सेनामा समायोजन गर्न नमिल्ने बताउँदै कुनै तहमा व्यवस्थापन गर्नुपर्ने बताए । पत्रकार सम्मेलन मोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता र सचिव थम्मन केसीको सचालनमा सम्पन्न भएको थियो ।

 































Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.