कलाकारले नचाए र रुवाए पनि अर्घाखाँचीबासीलाई (तस्बिर सहित)

– प्रेमनारायण आचार्य

 
  अर्घाखाँची २४ असोज । अर्घाखाँचीको ठाडामा स्थानीय नँया शताब्दी युबा क्लबले लोक सास्ँकृतिक तथा हास्य ब्यंग कार्यक्रम सम्पन्न गरेको छ । 

 



  कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले गाएको गितमा स्थानीय बासिनदाहरु छमछमती नाचेका थिए । भने कुनै गितमा रोएका पनि थिए  । 


  ख्याती प्राप्त लोक कलाकार तथा जन गायक बद्री पंगेनीले गाएको लाउ चेली सिन्दर लाउ निको पार रिदयको घाउ भन्ने गितमा स्थानीय महिलाहरुले गह भरि आसु झारे  र रोए ।  त्यस्तै आन्दोलन जारी छ  लगायतका गितमा स्थानीय युबा युबती केटाकेटी  बुढाबुढी सबै नाचेका थिए ।

 



    त्यस्तै ख्याती प्राप्त लोक गायीका राधिका हमालले गाएका कुन बाउ आमाले पाको हो लगायतका गितमा उपस्थित मानिसलाई छमछमी नचाएरै छाडिन । 


   त्यस्तै गरि हास्य कलाकार गोपाल नेपाल फिस्टे  नियम कडा छ  ले उपस्थित हजारौ दर्शकलाई पेट मिचि मिचि हसाए । उनले गरेका कमेडीमा मानिसहरु पेट मिचि मिचि हासेका थिए ।

 



   कार्यक्रममा लोक गायक रामकुमार बिस्ट  गायीका टिका पुन मगर लगायतले आ आफ्नो प्स्तुती देखाएका थिए । कगित तथा हास्य कार्यक्रम हेर्न अर्घाखाँचीका ठाडा सितापुर  सुवर्णखाल जुकेना  जलुके लगायत कपिलबस्तुका बिभिन्न स्थानमा दर्शकहरुको उपस्थिति रहेको थियो । 


  मानिसहरु कलाकार संग नाच्न  र संगै फोटा खिचाउन पाउदा अत्यन्तै खुसी देखिन्थे ।

 































Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.