– वीरेन्द्र केसी
अर्घा, अर्घाखाँची – आज पुर्णिमाको दिन अर्घामा भव्य मेला लाग्दैछ । अर्घा भगवती दरवारमा पुर्णिमाको दिन दर्शन गर्न हजारौको संख्यामा आउने भक्तजनहरु गर्छन ।
पुर्णिमाको दिन भगवतीको दर्शन गरेपछि मनको ईच्छा पुरा हुने जनविश्वसा रहदै आएको छ । सदरमुकाम देखी करिब १७ किलोमटिर पश्चिममा अर्घामा दशैको अन्तिम दिनको रुपमा ठुलो मेला लाग्दै आएको छ । धार्मिक मन्दिर अर्घा भगवती दरवारमा आज दिउसो सराय नाच समेत हुन्छ ।
उता माओवादी र राष्टिय जनमोर्चाले पनि विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको छन । माओवादी अर्घाखाँचीले अर्घाको मसुरपाटामा गर्ने विशाल जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्थायी समिति सदस्य तथा स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी पोलिटब्यरो सदस्य डिलाराम आचार्य पोलिटब्यरो सदस्य तथा मगरात ईन्चार्ज हेमन्त प्रकाश वली लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सेक्रेटरी ठाकुर विकले बताए ।
यसैबीच राष्टिय जनमोर्चाले रानीगैरामा गर्ने कार्यक्रमलाई सम्बोधन गर्न मोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसी महासचिव सन्त बहादुर नेपाली लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाका केन्द्रिय सदस्य सागर केसीले बताए । दाहाल र रायमाझी दिउसो हेलिकप्टरमा आउने कार्यक्रम तय भएको छ भने दुवै पार्टीका अरु सबै नेताहरु सन्धिखर्क आई पुगेका छन ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.