माओवादी कुनै पनि हालतमा फुट्दैन: प्रचण्ड

– शोभाखर पन्थी

 

अर्घाखाँची, असोज २५ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका छन् । माओवादी अर्घाखाँची द्वारा अर्घाको मसुरपाटामा आयोजित जनसभालाई संंभोधन गर्दै अध्यक्ष प्रचण्डले जन युद्ध पहिले र जन युद्धको समयमा समेत माओवादी भित्र थुप्रै विवादका चुनौतिहरु समाधान गर्न आफ्नो पार्टी सफल भएको वताउँदै यस पटकको विवाद पनि समाधान भएरै छाड्ने वताए । 

 
उनले माओवादीलाई फुटाउन भित्रि र बाहिरी तत्वहरु उद्धत रहेको बताउँदै उनीहरुको सपना पूरा हुन नसक्ने बताए । उनले यस पटकको विवाद अघिल्ला विवादहरु भन्दा पृथक किसिमको भए पनि त्यसको अन्त्य गर्न  आपुू सक्षम रहेको दाबी गरे ।


अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वमा वनेको वर्तमान सरकारले नै शान्ति र संविधानको कार्यभार पुरा गर्ने बताउँदै वर्तमान सरकारलाई सहयोग गर्न सबै पक्षलाइ आग्र गरे । उनले माओवादीलाई शान्ति  विरोधी भनेर आरोप लगाउनु गलत भएको बताउँदै मुलुकमा शान्ति र संविधानको सुनिश्चिताको लागि माओवादी जती चिन्ति र गम्भिर अरु कुनै पनि दल नभएको बताए । प्रचण्डले शान्ति र संविधानको लागि आफ्नो पार्टी जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहेको बताउँदै शान्ति र संविधानको लागि कसै बाट अड्चन आए त्यसको फैसला जनताले गर्ने चेतावनी दिए । 

 

प्रचण्डले माओवादी उपाध्यक्ष भट्टराइलाइ ठुलो तागतका साथ प्रधान मन्त्री बनाएर आपुूले त्याग दिएको बताउँदै शान्ति संविधान र पार्टी एकताको पक्षमा चमत्कार देखाउने दाबी गरे । १६ वर्ष पहिले अर्घाखाँचीको अर्घामा आएर क्रान्तिको उदघोष गरेको प्रसंग उल्लेख गर्दै उनले अर्घाखाँची बाटै शान्ति र संविधानको सुनिश्चितताको लागि जनता सामु ग्यारेण्टी गर्न पाउँदा खुशी लागेको बताए । पितृ शोकमा परेका अध्यक्ष प्रचण्डले आफ्नो पिडालाई जनताको पिडासंग तुलना गरेको बताउँदै पिँडालाई जनताको अधिकार सुनिश्चितताका लागि खर्चने बताए । 


 कार्यक्रममा मन्तव्य राख्दै स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीले मुलुकमा यथास्थिति वादी र उग्र वामपन्थी भड्काप खतराको रुपमा आएको बताउँदै शान्ति र संविधानको निम्ति दुवै पक्ष वादक वनेको आरोप लगाए । उनले शान्ति र संविधानको अभियानलाई संसारका कुनै पनि तागतले राक्न नसक्ने बताउँदै तीन वर्षमा हुन नसकेको काम वर्तमान सरकारले तीन महिनामै गरेर छाड्ने दाबी गरे । उनले अहिले मुलुकको सबै माहोल शान्ति र संविधानको पक्षमा रहेको बताउँदै समय अनुकुल परिमार्जित भएर अगाडि वढन पार्टी भित्रको वैद्य पक्षलाई आग्रह गरे । 

 
माओवादी मगरात राज्य समितिका इन्चार्ज तथा पोलिट व्युरो सदस्य हेमन्त प्रकाश वली सुदर्शनको अध्यक्षता र पोलिट व्युरो सदस्य डिलाराम आचार्यको सचालनमा सम्पन्न कार्यक्रममा माओवदी पोलिट व्युरो सदस्य गिरीधारीलाल न्यौपाने केन्द्रीय सल्लाहकार राजु नेपाली विष्णु हरि शर्मा र जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले शान्ति र संविधानको पक्षमा एक जुट भएर अगाडि बढ्न सबै पक्षलाई आग्रह गरे। 
 



Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.