राजदूतको हत्याको षडयन्त्र खुलासा भएपछि इरानमाथि दवाव बढाउन अमेरिकाले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

अमेरिकास्थित साउदी अरबका राजदूतको हत्याको षडयन्त्र खुलासा भएपछि इरानमाथि दवाव बढाउन अमेरिकाले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । हत्याकाण्ड योजनाको पछाडि इरानको हात रहेको अमेरिकी दावी छ । अमेरिकी विदेशमन्त्री हिलरी क्लिन्टनले इरानमाथि अन्तर्राष्ट्रिय दवाव बढाउन विश्व समुदाय तयार हुनुपर्ने बताउनुभएको छ । इरानमाथि गरिने कारबाहीबारे अमेरिका र बेलायतबीच छलफल भएको जानकारी दिँदै क्लिन्टनले इरानले अमेरिकासँग टक्कर लिएमा त्यो बेकार हुने बताउनुभयो ।


हत्या अभियोगमा दुई इरानी नागरिक पक्राउ परेका छन् । हत्याको षडयन्त्र इरानी रिभोल्युशनरी गार्डले रचेको ठहर अमेरिकाको छ । बेलायतले पनि अमेरिकालाई साथ दिने बचन दिँदै राजदूतको हत्या षडयन्त्र रच्ने इरानी कदम घृणित भएको प्रतिक्रिया दिएका छन् । अमेरिकास्थित साउदी अरबका राजदूत अब्दुल अल जुबैरको केही दिनअघि अमेरिकामा हत्या भएको थियो । हत्या गराउन इरानले १५ लाख डलर खर्चेको अमेरिकी दावी छ ।