इराकका विभिन्न क्षेत्रमा गराइयो श्रृंखलाबद्ध वम विष्फोट, कम्तिमा २५ जनाको मृत्यु

इराकको राजधानी बग्दादका विभिन्न क्षेत्रमा गराइएको श्रृंखलाबद्ध वम विष्फोटमा परि कम्तिमा २५ जना मारिएका छन् । मारिनेमा एक जना प्रहरी अधिकृत पनि छन् । विष्फोटबाट धेरै जना घाइते भएका छन् । आक्रमणमा दुई जना आत्मघाती आक्रमणकारी संलग्न रहेको सुरक्षाकर्मीले जनाएका छन् ।

 

हुरिया र करदाह प्रान्तका तीनवटा प्रहरी चौकी बाहिर कार बम विष्फोट गराइएको केही घण्टा पछि उत्तरी बग्दादमा तैनाथ सेनालाई लक्षित गरी अर्को विष्फोट गराइएको थियो । इराकबाट अमेरिकी सेना यही वर्षको अन्त्यमा फिर्ता गर्ने निर्णयपछि बढेका यस्ता आत्मघाती आक्रमणले इराकको सुरक्षा ब्यवस्थामा थप चिन्ता र चुनौतीको विषय बनेको छ ।