दुई महिना भित्र शान्ति प्रकि्रया टुङ्गिन्छ: दाहाल


 

– वीरेन्द्र केसी


मसुरपाटा अर्घाखाँची – माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई महिना भित्र शान्ति प्रकि्रया टुङ्गिने र संविधानका खाका बाहिर ल्याउने तयारी भएको दावी गरेका छन ।


माओवादी अर्घाखाँचीले अर्घाको मसुरपाटामा बुधवार गरेको जनसभालाई सम्बोधन गर्दै दाहालले भने दुई महिना भित्र शान्ति प्रकि्रयाका सबै काम पुरा भएरै छाडछ नेपाली जनता ढुक्क भए हुन्छ यसपालि काम पुरा हुन्छन । शान्ति प्रकि्रया र संविधानसभा माओवादीका निम्ति आफुलाई जन्म दिएको आमा जस्तै भएकाले माओवादी नेतृत्वको सरकारले नै पुरा गर्छ उनले भने बाबुरामसित कुरा भएको छ दुई महिना भित्र शान्ति प्रकि्रया जसरी पनि टुगाएरै छाडछौ । काग्रेस र एमाले संविधान निर्माणको पक्षमा  देखिएका छन उनीहरुसँग छलफल भैरहेको छ दाहालले भने यो अन्तिम मौकालाई छाडियो भने ठुलो भुल हुनेछ जसरी पनि टुगोमा पँुयाएका छाडेर देखाउँछौ । दलहरुप्रति जनता निराशा देखिएपनि यो सरकारले चमत्कार गरेर जनतालाई निराशबाट जगाउने वादी दाहालको छ ।

 


 

शान्ति प्रकि्रया र संविधान माओवादीले जनयुद्ध देखी १३ हजार सहिदको रगतसित साटेर ल्याएको हो दाहालले भने जन्मिएको शिशुलाई बीचमै छाडयौ भने दुध खाने बच्चाको घाँटी च्यापेर मारे सरह हुन्छ त्यसले यो अन्तिम अवसरमा काम पुरा गरेरै छाडछौं ।  अब जनताले माओवादीको पुर्ण विश्वास गरे हुन्छ शान्ति र संविधानका पुरै काम टुगाएर छाडछौ । त्यतिबेला विरोध गर्नेहरु समाप्त भएर जानेछन न्यायाधिश जनता भएकाले जनताले विरोधी तत्वलाई नङ्गाएरै छाडने उनको तर्क छ । मधेशवादी दलहरुसँग मिलेर माओवादी नेतृत्वमा सरकार बनाउन मैले ठुलो त्याग र तपस्या गरे दाहालले भने माओवादी सत्ताको लागि होईन शान्ति र संविधानका काम पुरा गर्न सरकारमा गएका हौ ।


त्यो त्याग र तपस्या सत्ताको लागि होईन शान्ति प्रकि्रया पुरा गर्न र संविधान लेखेर जनतालाई राहत दिन हो दुई महिना पछि जनताले थाहा पउनेछन । शान्ति र संविधानको जन्मदाता नै माओवादी भएकाले हामीले मात्रै टुंगोमा पँुयाउने सक्र्छौ दाहालले भने अरुले सक्दैनन् । काग्रेस एमालेले गाली गलौज गरेर साथ नदिएकै कारण शान्ति प्रकि्रयाका काम पुरा गर्न कठिनाई भएको थियो अहिले सकारात्मक देखिएको उनले बताए । दाहालले जनयुद्ध आमा भएकाले नेपाली जनताको क्रान्ति जारी रहेको छ अहिले घुम्ति मोडदै अघि बढेको तर्क गरे ।

 


 

मसुरपाटाको सभालाई सम्बोधन गर्न होलिकप्टर चढेर आएका दाहाले पार्टी भित्र केही विवाद रहेपनि बुधवार बसेको पदाधिकारी बैठकले त्यसलाई दल गरेको बताए । यस्तो विवाद जनयुद्धमा रहदा पनि थियो अन्तरसघर्ष भैहाल्छ दाहालले भने कुनै हालतमा पनि पार्टी फुटदैन बुधवार बसेको पदाधिकारीको बैठकबाट विवाद समाधन भयो अब पार्टी एक ढिक्क भएर अगाडी बढछ । उनलॆ द्धन्द्धकबालमा पनि प्रचण्डले बाबुरामका कन्चटमा गोली हालेको हल्ला गर्थे दाहालले भने हामी बाबुराम वैद्य जी र म मा संघर्ष भएपनि हल भएका छन ।

 


 

उनले सामान्ती र प्रतिकि्रयावादीहरुले माओवादी फुटाउन हरेक उपाय अपनाएका छन तर माओवादी कुनै हालमा फुटदैन । उनले लुम्बिनीको विकासको लागि गुरुयोजना बनाउन लागेको बताए ।

 
स्थानीय विकास मन्त्री एवं माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले बाबुराम नेतृत्वको सरकारले मात्र शान्ति र संविधानका काम पुरा गर्ने दावी गरे । यो सरकारको लागि विारेध गर्नेहरु शान्ति र संविधान विरोधी हुन रायमाझीले भने यस्ता विरोधी तत्वलाई जनताले नंगाएर छाडनेछन । उनले अर्घाखाँचीलाई नेपालकै नमुना जिल्ला बनाउन आफु नयाँ रणनीतिका साथ अघि बढेको दावी गरे ।

 


 

सभामा पोलिटब्यरो सदस्य गिरिधरीलाल न्यौपाने केन्द्रिय सल्लाहकार राजु नेपाली विष्णुहरि शर्मा लगायतले सम्बोधन गरेका थिए ।

 

सभा पोलिटब्यरो सदस्य डिलाराम आचार्यको साचालन र अर्का पालिटब्युरो सदस्य तथा मगरात राज्य समिति ईन्चार्च हेमन्तप्रकाश वलीको अध्यक्षता र जिल्ला ईन्चार्जको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

–  २०६८ आश्विन २६, विहीवार



Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.