बर्तमान सरकारले शान्ती र संबिधानको कार्य भार पुरा गर्न नसक्ने राजमो अध्यक्ष केसीको टिप्पणी


 

– प्रेमनारायण आचार्य


अर्घाखाँची २६ असोज । राष्टिय जनमोर्चाका केन्द्रिय अध्यक्षु चित्र बहादुर के सीले बर्तमान सरकारले शान्ती र सविधानको कार्यभार पुरा गर्न नसक्ने बताउनु भएको छ । 


  राष्टिय जनमोर्चा अर्घाखाँची द्धारा अर्घाको रानी गैरमा आयोजित जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष के सीले नेपाली काग्रेस र एमाले जस्ता ठुला दलहरुलाई बाहिर राखेर मधेशवादी दलहरुको सहमतिमा मात्रै सरकारले शान्ती र सविधानको कार्यभार पुरा गर्न नसक्ने दावी गर्नुभयो ।


बर्तमान सरकारमा भट्टराई ईमान्दार भए पनि उहाँका सहयात्रि मधेशी दल निकै खतराक र राष्टघाति भएको बताउदै बर्तमान सरकार पनि विगतका सरकार जस्तै हुने टिप्पणी गर्नुभयो ।

 



सभासद समेत रहनु भएका के सीले समयमा सविधान निर्माण हुन नसक्नुमा शान्ती प्रत्रिया र सघियता बाधक बनेको बताउनुभयो । उहाँले दलहरुले सघियताको नारा उठाएर मुलुकमा साम्प्रदायिक दंगा माचाउन खोजेको आरोप लगाउनुयो ।


के सीले माओवादी ईमान्दार भएर आए शान्ती प्रकि्रयाले पुर्णता पाउने बताउदै बोली र व्यवहारमा एक रुपता ल्याउन माओवादी आग्रह गर्नुभयो ।


माओवादी र मधेशी मोर्चा विच भएको ४ बुदे सहमति तिन दल विच भएको पुरानो सहमतिको सस्थागत स्वरुप मात्र भएको भन्दै तत्काल ४ बुदे सहमति खारेज गर्न माग गर्नुभयो ।


उहाले माओवादी सेना कुनै हालतमा नेपाली सेनामा समायोजन गर्न नहुने बताउदै लडाकुहरुको उचित व्यवस्थापनको लागी सरकारले व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।





Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.