अर्घाखाँचीबासी नेपालीलाई उच्च कदर गर्दै पहिलो पटक विदेशी नागरिकको हैसियतले सम्मान

लण्डन । अर्घाखाँचीबासी एक नेपालीले दुई छुट्टा छुटै क्षेत्रमा देखाएको कदमको उच्च कदर गर्दै पहिलो पटक विदेशी नागरिकको हैसियतले सम्मान पाउने भएका छन । पश्चिमी युरोपेली देश स्पेनिश राजधानी मैड्रिड महानगरीय ( कम्युनिदाद दे मड्रिड, मैड्रिड युरोपको लण्डन, पेरिस पछिको सबै भन्दा तेस्रो ठुलो शहर हो)ले हावापानी परिवर्तन एवम पत्रकारिताको क्षेत्रमा देखाएको कदमको प्रशसा गर्दै युरोप फाउन्डेशनका फाउन्डर सप्पन केसीलाई आगामी वर्षको मार्च महिनामा दिईने उक्त सम्मानको लागि छनौट गरेको हो।


साथै देशभरबाट विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्तीलाई हरेक वर्ष दिईने उक्त सम्मानका लागि पहिलो पटक विदेशी नागरिकको रुपमा केसीलाई छनौट गरेको हो। सो जानकारी शुक्रबार गराइएको थियो।


केसीले हावापानी परिवर्तनका क्षेत्रमा युरोप फाउन्डेशन मार्फत विभिन्न योजनाहरु उक्त देशका सबै क्षेत्र सम्म पुराउनुका साथै यस अघी सो अभियानका लागि सम्पूर्ण निकायको सहयोगमा बातावरण प्रदुशण नियन्त्रण स्वरुप देशका विभिन्न शहरमा सवारी गाडीको प्रयोग कम गर्न हौसला गर्दै साइकल प्रयोगको सचेतना गराउन कयौ उच्च अधिकारी देखी तल्लो तह सम्मका व्यक्तीहरुलाई साइकल वितरण अभियान शुरु गरेका थिए । जसले गर्दा स्पेनिश सरकारले विभिन्न शहर-सडकहरुमा साइकल प्रयोग कर्ताका लागि छुटै ट्राफिक बाटो लाइन बनाउन शुरु गरेको छ। जुन युरोपका कयौ शहरमा कार्यालय जाने कर्मचारीहरु लगायतले बढी साइकल प्रयोग गरेको देखिन्छ ।


यसैगरी हिजो शनिवार लण्डनमा १ दिने कामको लागि आएका केसीले आफुलाई सम्मानका लागि छनौट गरेकोमा सबैलाई धन्यवाद दिनुका साथै सम्पूर्ण युरोपमा यो अभियान थालनी गर्ने योजनमा रहेको बताए। र अहिले युरोपेली देशहरुमा हावापानी परिवर्तन सम्बन्धी योजनालाई बढी केन्द्रित गर्ने रहेको र अन्य स्वास्थ्य, शिक्षा र युद्द-पून:निर्माण सम्बन्धी योजनालाई समेत अगाडि बढाउने बताए।


लण्डन स्थित हेथ्रो एअरपोर्टमा छोटो कुराकानीमा युरोपेली देशहरुमा प्रतिबन्धका बाबजुत युवायुवतीले सानै उमेरबाट बढी धुम्रपान गरेको पाईन्छ भने उक्त समस्या सम्बन्धी युरोप फाउन्डेशनको स्वास्थ्य योजनाहरुमा समेत प्रमुख एजेण्डाको रुपमा अघि सारेको पनि उल्लेख गरे।


साथै केसी सँग समय अभावका कारण अन्य विषयमा बढी कुरा हुन सकेन ।


यसैगरी उक्त सम्मानमा केसीले पत्रकारिताको क्षेत्रमा देखाएको योगदानलाई समेत समेटिएको छ। द टाईम्स अफ अर्थ अन्तराष्ट्रिय पत्रीका जुन देशका सबै शहरहरुमा निशुल्क उपलब्ध गराइन्छ । जुन पत्रिका २ लाख देखी २ लाख २५ हजार सम्म निस्कन्छ भने २४-३० पेज पुष्टको ठुलो आकारको रहेको छ । जुन पहिलो ईंग्लिश पत्रीका हो भने स्पेनिश भाषा सस्करणमा पनि प्रकासित गरिन्छ। उता न्यूयोर्कबाट समेत नियमित सोही अनुरुप प्रकासित गरिन्छ । लण्डन, अर्जेन्टिनाको राजधानी ब्यूनर्स आर्यसबाट समेत आगामी बर्षको सुरुमा प्रकासित हुँदैछ।

 


सपन्न केसी युरोप फाउन्डेशनका फाउन्डर हुन र द टाईम अफ अर्थका समेत फाउन्डर हुन । भने अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह केसीका भाई हुन। नेपालको ईतिहासमा यसरी विदेश भुमीबाट अन्तरराष्ट्रिय सस्था ( यूरोप फाउन्डेशन) र अन्तरराष्ट्रिय तह्को प्रत्रिका ( द टाईम्स अफ अर्थ) को निर्माण गरी चलाऊने र विदेशी उच्च अधिकारीहरुलाई समेत एक जना युवा नेपालीले कसरी यती ठुला चर्चित सस्था निर्माण गर्‍यो भनेर अचमित पर्ने सफल एक नेपाली केसी नै हुन।

 

यसैगरी यस भन्दा अगाडि जापानमा गएको महाभुकम्पको बेला युरोप फाउन्डेशन मार्फत मिनिरल पानी, कपडा लगायतका सामाग्री उपलब्ध गराएको थियो भने सो सहयोगको लागि केसीलाई जापान सरकारले विषेश धन्यवाद समेत दिएको थियो। 

 


भने उता अन्तरराष्ट्रिय स्तरको टेलिभिजन न्युज च्यानलको लागि सबै ठाउमा दर्ता गरेर बसेका केसीले अबको ८, १० बर्षमा उक्त च्यानलको सुरुवात गर्ने योजनामा रहेका पनि छन।

 


जोसुकैलाई पत्रचारका लागि: founder@timesofearth.com , founder@europefoundation.org or .eu मा गर्न सकिने अनुमती दिएका छन।

 





Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.