यमनमा राष्ट्रपति अली अब्दुल्लाह सालेहको शासनविरुद्ध भएको पछिल्लो प्रदर्शनमा कम्तिमा १२ जना मारिए

यमनमा राष्ट्रपति अली अब्दुल्लाह सालेहको शासनविरुद्ध भएको पछिल्लो प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागि कम्तिमा १२ जना मारिएका छन् भने ८० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको प्रदर्शनस्थलमै तयार पारिएको फिल्ड अस्पतालमा उपचार गरिएको छ ।

 

राजधानी सानामा हजारौ प्रदर्शनकारी सहभागी