फ्रान्समा आगामी बर्ष हुने राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति निकोलस सार्कोर्जीसंग सोसलिष्ट पार्टीका फ्रान्सुवा उलाँड भिड्ने

फ्रान्समा आगामी बर्ष हुने राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति निकोलस सार्कोर्जीसंग सोसलिष्ट पार्टीका फ्रान्सुवा उलाँड भिड्ने भएको छन् ।

 

सनु २०१२ मा हुने चुनावमा सोसलिष्ट पार्टिले उलाँडलाई उममेदवार बनाउने निर्णय गरिसकेको छ । आगामी बर्षको निर्वाचनमा सार्कोजीको कन्जरभेटिव पार्टी र सोसलिष्ट पार्टीवीच कडा टक्कर हुने आकलन गरिएको छ । सोसलिष्ट पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि भएको उम्मेदवारी चयन प्रक्रियामा महिला उम्मेदवार मार्टिन ओब्रेलाई भारी मतको अन्तरले पराजित गरेका थिए ।

 

फ्रान्समा पहिलोपल्ट अमेरिकी शैलीमा राष्ट्रपति निर्वाचन हुन लागेको छ । प्रारम्भिक सर्वेक्षण अनुसार सार्कोजी भन्दा उलाँड लोकप्रियतामा अगाडि देखिएका छन् ।