शान्ति कायम राख्न प्रहरीको भूमिका सराहनिय

– हरि प्रसाद भुसाल

 

अर्घाखाँची असोज ३० । शान्ति कायम राख्न नेपाल प्रहरीले खेलेको भूमिका सराहनिय रहेको सन्धिखर्कमा आयोजित एक कार्यक्रममा बोल्नेहरुले उल्लेख गरेका छन् ।


प्रहरी दिवस २०६८ को अवसरमा सोमबार सन्धिखर्कमा आयोजित विशेष समारोहमा वोल्ने वक्तहरुले सो उल्लेख गरेका हुन् । उनीहरुले सरकारमा गएका पार्टीहरुको पहरेदार गर्नबाट प्रहरी बाहिर रहनेहो भने नेपाल प्रहरी विश्वकै शशक्त संगठन वन्न सक्ने उल्लेख गरे । निष्पक्ष र स्वतन्त्र रुपमा आफ्नो कम कारवाही गर्न प्रहरीलाई उनीहरुले आग्रह समेत गरेका छन् ।


कार्यक्रममा मन्तव्य राख्दै जिल्ला न्यायधिश ऋषिराम अधिकारीले अपराध न्युनिकरण तथा शान्ति कायम राख्नेा सवालमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले उच्च मनोवलका साथ सेवामा समर्पित हुन प्रहरीलाई आग्रह समेत गरे ।


शुभकामना मन्तव्य राख्दै निमित्त प्रमुख जिल्ला अधिकारी भेषराज खनालले प्रहरीको भूमिका सकारात्मक रहेको उल्लेख गरे । कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज चन्द्रबहादुर खडका नेपाली काँग्रेसका जिल्ल्ाा सभापति कमल प्रसाद भुसाल नेकपा एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे राष्ट्रिय जनमोर्चाका नेता गोविन्द वि।सी नेपाली जनता दलका जिल्ला अध्यक्ष हरि प्रसाद भुसाल राप्रपाका जिल्ला देवी बहादुर खड्का एकीकृत क्रान्तिकारीकी नेतृ यमुना भुसाल राष्ट्रिय जनमुक्तिका इन्द्र बहादुर गेलाङ सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम बहादुर चौहान भु।पु। प्रहरी संगठनबाट डिलाराम पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा नवनिर्वाचित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुलाई प्रमाण पत्र सामुदायिक सेवा केन्द्रका निवर्तमान पदाधिकारीहरुलाई कदर पत्र तथा राम्रो काम गर्ने प्रहरी अधिकृत एवं जवानहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।


कार्यक्रम प्रहरी नायव उपरिक्षक अरुण पौडेलको अध्यक्षता जिल्ला न्यायाधिश ऋषिराम अधिकारीको प्रमुख अतिथ्यता र प्रहरी निरिक्षक दिपेन्द्र शाहीको सचालनमा सम्पन्न भएको हो ।






Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.