जण्डिसको कारण राजमो जिल्ला सदस्यको निधन

– प्रेमनारायण आचार्य


अर्घाखाँची टाईम्स यूएई डेस्क १ कार्तिक – राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा किमडाडा गाँउ कमिटिका अध्यक्ष मुक्तिराम सापकोटा -मुस्कान) को आज बिहान ४५ बर्षो उमेरमा असामयीक निधन भएको छ ।


जण्डिस रोगवाट पिडीत किमडाडा गाविस वाड नं २ निवासी सापकोटा पञ्चायती काल देखिनै  कम्युन्स्िट आन्दोलनमा सक्रिय रहनु भएको थियो । उहा हाल राष्ट्रिय जनमार्चा र नेकपा मसालमा सक्रिय हुनुका साथै किमडाडाको खानेपानी योजना , सामुदायीक बन र स्थानीय बिद्यालयको समेत सदस्य रहनु भएको थियो ।


उहाको पार्थीब शरिरमा नेकपा मसालका जिल्ला सल्लाहकार  शेरबहादुर बिसी र राष्टि्य जनमोर्चाका जिल्ला कोषाध्यक्ष  सिद्ध्रि्रसाद भटर्राईले पाटीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।


मृतक सापकोटालाई नेपाली काग्रेस किमडाडाका सभापति हुमप्रसाद बन्जाडे, माओबादीका हर्रि्रसाद भुसाल, एमालेकार् इश्वर्रि्रसाद भुसाल परिबारजनको तर्फाट टुकलाल सापकोटा, जनतादलका जिल्ला अध्यक्ष हर्रि्रसाद भुसाल, उद्योग बाणिज्य संघका सचिब नेत्रप्रसाद भुसाल,  पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य , अखिल नेपाल शिक्षक संघका हर्रि्रसाद भुसाल, पोमनारायण पौडेल लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
 
कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला सचिब थम्मन केसीको संचालनमा सम्पन्न भएको छ ।