अर्घाखाँचीमा पैदल हिडदैनन् गाउँले

– वीरेन्द्र केसी

 

अर्घाखाँची – गाउँको विकासको अनुभुतीको लागि पहिला सडक चाहिन्छ । सडक र यातायातको सुविधा भएपछि गाउँको विकास भएको आभार हुन्छ ।


एउटा पहाडी जिल्लामा कतिवटा सडक होलान  ८१० या १५ वटा तर अर्घाखाँचीमा भने टोलैपिच्छे सडक सडक छन । नेपालका ७५ वटा जिल्ला मध्ये अर्घाखाचीमा धेरै सडक छन । धेरैजसो पहाडकै भुभाग भएपनि टोलैपिच्छे गाउँलेका घर-घरमा यातायातको सुविधा पुगेको छ । सुविधा पुगेपछि यहाँका सर्वसाधारण पैदल हिड्न छाडेका छन । सडकको हिसाबले अर्घाखाँची नेपालकै नमुना जिल्ला अन्तरगत पर्छ ।

 

जिल्लाको ४२ वटौ गाविसका सबै टोलमा गाडी गुडछन । बन्दै गरेका र पुरा भैसकेको सडकको सख्या ५ सय जति पुगेको छ । गाविसको सबै वाडको टोल-टोलमा गाडी पुगेपछि सर्वसाधारणलाई सुविधा पुगेको छ । टोलसम्म सडक पुयाउन स्थान्ीयले पनि वनको घाँस दाउरा र चन्दा उठाएर भएपनि घर-घरमा बाटो खनेका छन । एउटा वाडमा कम्तिमा पनि १० वटा सडक छन । सडका एक वाड र गाविसबाट नाका खुल्ने गरी निर्माण भएका छन । एकै दिनमा सदरमुकाम सहित जिल्लाका ४२ वटै गाविसको गाउँ घुम्न सकिन्छ ।

 

सबै सर्वसाधारणलाई यातायातको सुविधा भएको महसुश गराउनको लागि जिल्ला विकासको जिल्ला परिषदले पनि ७० प्रतिशत बजेट छुटाएर सात वर्ष देखी खर्च गर्दै आएको छ । सात वर्षे अभियानबाट टालैपिच्छे सडक खनिएका छन । वर्षाको बेलामा पनि गाउँमा गाडी चल्न छाडदैनन् । चार वर्ष देखी जिल्लावासी जुनसुकै ठाउँमा जाँदा समेत पैदल हिडन छाडेका हुन । जिल्ला विकास समितिको तथ्याङ्कमा अहिलेसम्म निर्माण भएका १ सय ५१ स्थानीय कच्ची सडक २८ मुख्य सडक ५० वटा गाउँ स्तरीय र ९६ वटा जिल्ला स्तरीय सडक छन स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले भने यो वर्ष १६ वटा सहायक स्तरका सडक निर्माण र ९ वटा मुख्य सडकको  स्तान्रोनती गरिदैछ । यी सडक जिल्ला विकासको योजना खनिएका हुन । यस बाहेक गाउँलेले चन्दा सकलन वनको आम्दानी र आफैले खनेका सडक दोब्बर रहेका छन ।


गाउँलेको प्रयासमा खनिएका मोटरवाटाको रेकर्ड जिविसले राखेको छैन तर यस्ता छोटा सडक ३ सय ५० भन्दा बढी रहेको अनुमान छ ।  गाउँलेले आफै उपभोक्त समिति गठन गरेर जिविसलाई जानकारी नदिईकनै सडक पुरा गरी मोटर लगेका छन । टोलस्तरीय सडकको लागि विदशिएका युवाहरुले सामुहिक चन्दा संकलन गरी घर र टोलसम्म सडक पुर् याउन पैसा पठाईदिने गरको छन । मोटर पुगेपछि गाउँका आकस्मत विरामी पर्नेहरुले सजिलै सदरमुकाममा सुविधा पाएका छन । विवाह पुजा भोज भतेर देखी राजनीतिक दलले गर्ने साना ठुला कार्यक्रममा समेत कोही पनि पैदल हिडदैनन । अधिकाश गाउँलेले १० मिनेको पैदल हिडेपछि गाडी चढेर सदरमुकाम र अन्य गाउँमा जाने गरेका छन । गाउँमा जीप २४ घण्टा चल्छन । गाउँका सबै बाटोमा महेन्द्र जीप टयाक्टर चल्छन भने ४२ मध्ये २० गाविसको मुख्य सडकमा बस चल्छन । यहाँ देउराली यातायता समितिद्धारा साचालित १०५ वटा महेन्द्र जीप प्रुाेस्र गाउँमा पुगको छन । सिमा जोडिएका छिमेकी गुल्मी प्युठान कपिलवस्तु दाङ्ग जिल्लामा पुग्न ३ देखी ४ घण्टाको यात्रामा पुग्न सकिन्छ । 


जिल्लाजिल्लाको दक्षिणी भेग सिमलपानी जलुके जुकेना सिद्धारा सुवर्णखाल गाविस भौगोलिक हिसाबले धेरै ठुला र वस्ती पालतो भएकाले यी गाविसको टोलसम्म बाटो पुर् याउन योजनाबद्ध ढंगले ध्यान दिएको जिविसले जनाएको छ । वर्षाको बेला पहिरोले बाटो भत्काईदिएका गाउँका मुख्य र सहायक सडकलाई सरकारी बजेटबाट मर्मत सुधार गरिन्छ भने टोलस्तरका बाटा गाउँलेले आफै मर्मत गर्दै आएका छन । जिल्लाका २८ वटा मुख्य सडकलाई ग्राभेल गर्ने योजना रहेको पौडेलले बताए । गत वर्ष गुल्मीको रिडी देखी अर्घाखाँचीको बल्कोटसम्म १४ किलोमिटर सडक ग्राभेल भएको अरु सडकलाई पनि ग्राभेल गर्ने प्रकि्रया रहेको पौडेलको भनाई छ । गाउँमा मोटर पुगेपछि गाउँलेले सदरमुकाम झर्दा घरमा उत्पादन भएका तरकारी देखी फलफुल बेच्न ल्याउने गरेका छन वाँगी गाविसका पुर्व अध्यक्ष पिताम्बर भुसालले भने यातायातले कामलाई छिटोछरितो बनाईदिएको छ ।


 सडक बनेपछि गाउँलेले सदरमुकाममा झरेर एकै दिनमा अडडा अदालतको काम देखी नागरिकता बनाएर फर्कने गरेको गाउँलेको भनाई छ । टोलसम्म सवारी साधान पुगेपछि अर्घाखाँचीको आर्थिक उन्नतीले ठुलै फडको मारेको छ उनले भने बजार पाउन थालेकाले तरकारी फलफुल जडिबुटी उत्पादनमा वृद्धि हुदै गएको छ ।

 

सडक भत्केको भत्कै


टोलैपच्छिे खनिएका सडक वर्षेनी भत्किदा एउटै सडकमा लाखौ रुयैयाँ खर्च भैरहेको छ । जिल्लाका मुख्य सहायक र गाउँ स्तरीय मर्मत गर्दा वर्षेनी लाखै रुपैयाँ नोक्सान भैरहेको छ । वर्षाको बेला पहिरोले सडक पुरिदिने भत्किने र  सडकको बीच भागबाटै पानीको भेलले चिरैचिरा बनाउँदा एउटै सडक र एकै स्थानलाई लाखौ खर्च भैरहेको छ । 

 
टोल-टोलमा सवारी साधान पुर् याउने लक्ष्य भएपनि ती सडक नभत्कने बनाउनमा जिविस प्रभावकारी भुमिका खेल्न नसकेको गाउँलेको गुनासो छ । कच्ची सडकलाई नभत्कने बनाउन धेरै रकम आवश्यक पर्ने भएकाले कठिनाई परेको पौडेलले बताए । यस वर्षको जिल्ला परिषदबाट विनियोजित १ अर्ब ५० करोड ४६ लाख ६८ हजार रकम मध्ये आधा रकम सडक र वाँकी रकम अरु विकास निर्माणमा खर्च गर्ने गरी विनियोजित गरिहेको थियो ।


गाउँमा आफनो प्रभाव देखाउन राजनीतिक दलहरुले बाटोमा बढी बजेट हाल्ने गरेका छन । जिल्ला क्षेत्र र गाउँ स्तरीय पहँचवाला स्थानीय नेताले आफनो गाउँमा धरै बाटोहरु खनेका छन । केन्द्रसम्म पुगेका नेता र जिल्ला स्तरका नेताको घरको दैलो अगाडी नै बाटो खन्ने गरेका छन ।


जिल्लाका मुख्य र सहायक बाटोको स्तर उन्नतीको लागि नाली काटने ढल बनाउने गरी बाटोलाई मजबुत संरक्षण बनाउन जिविसलाई सल्लाह दिएका छौ एमाले अध्यक्ष रामजी प्रसाद घिमिरेले भने टोलैपिच्छे बाटा त भए नेपालमै बाटोको दृष्टिकोणले नमुना भएको छ अब बाटोलाई कहिल्यै नभत्किने बनाउन लागेका छौ । 

 







Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.