सरकारले जनतामा भ्रम फैलाउने काम गरेको छ: पोख्रेल

– शोभाखर पन्थी

 

कात्र्तिक – ४ अर्घाखाँची । नेकपा एमालेका सचिव शंकर पोख्रेलले वर्तमान सरकारले सस्तो लोकपि्रयताका कुरा गरेर जनतामा भ्रम सिर्जना गरेको बताएका छन् ।

 

एमाले क्षेत्रीय कमिटी क्षेत्र नं. २ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित प्रशिक्षण कार्याक्रमको उद्घाटन गर्दै उनले मुलुकको प्रमुख कार्यभार शान्ती र संविधानलाई छोडेर सरकार झिना मसिना काममा अल्झिई प्रचार बाजीमा मात्र लागेको बताए ।


पोख्रेलले भट्टराई नेतृत्वको वर्तमान सरकार हालसम्म बनेका सरकारहरुमध्ये सबैभन्दा कमजोर जगमा बनेको निरिह सरकार भएको तर्क राख्दै यो सरकारले राष्ट्रिय महत्वका कुनै पनि काम गर्न नसक्ने जिकिर गरे ।


उनले ४५ दिन भित्रमा शान्ती प्रकि्रया पुरा गर्न नसके राजिनामा दिन्छु भनेर घोषणा गरेका प्रधानमन्त्री भट्टराईले कुरा फेरेर जनतालाई ढाटेको आरोप लगाए । वर्तमान सरकार राष्ट्रियता र जनताप्रति थोरै पनि संवेदनशिल हुन नसकेकोप्रति दुःख व्यक्त गर्दै सचिव पोख्रेलले परिणाममुखी काम गरेर देखाउन प्रधानमन्त्री भट्टराईलाई आग्रह गरे ।


उनले शान्ती र संविधानको निम्ति एमाले जस्तो सुकै त्याग गर्न पनि तयार रहेको बताउँदै शान्ती र संविधानप्रति व्यवहारिक रुपमै प्रतिवद्ध भएर अगाडि बढ्न माओवादीलाई आग्रह गरे । माओवादीमा रहेको हतियार दम्बको अझै पनि अन्त्य हुन नसकेको उनको भनाई छ । 

 
एमाले क्षेत्र नं।२ का अध्यक्ष जीवनारायण कोईरालाको अध्यक्षता र बिजुला रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा एमाले अाचल समन्वय कमिटिका सदस्य चेतनारायण आचार्य लक्ष्मण रायमाझी पवित्रा पौडेल एमाले केन्द्रिय शिक्षा विभागका सदस्य भोज बहादुर शाह धन बहादुर राना लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए । प्रशिक्षणमा एमालेका ईलाका र गाऊँ कमिटिका पदाधिकारीहरु उपस्थिति रहेको जनाईएको छ ।