भारतको छत्तिसगढ राज्यको तारवहारमा रेलको लिगमा भएको दुर्घटनामा परि १५ भन्दा बढीको मृत्यु

भारतको छत्तिसगढ राज्यको बिलाशपुर जिल्लाको तारवहारमा रेलको लिगमा भएको दुर्घटनामा परि १५ भन्दा बढी मानिसको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । दुर्घटना पछि हावडा मुम्बई रेलसेवा प्रभावित भएको छ ।


विभिन्न स्थानबाट तिन वटा रेल एकै साथ आए पछि रेलको लिगमा काम गरिरहेकाहरु अत्तालिदै बच्ने प्रयास गर्दा उक्त दुर्घटना भएको बताइएको छ । रेलले घिसादै मानिसलाई परसम्म लगेको प्रत्यक्षदर्शीले जनाएका छन् । घटना पछि आक्रोशित समुहले रेल तोडफोड गरेपछि तनाबग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । स्थानिय प्रशासनले मृतकका परिवारलाई क्षतिपूर्तिको घोषणा गर्नुका साथै घटनाको छानबीन शुरु गरिएको जनाएको छ ।